Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

पोखराका कलाकर्मीहरुद्वारा रुकुमका भूकम्प प्रभावितलाई राहत हस्तान्तरण

शुक्रबार, मंसिर १५, २०८०
tribeni2

रुकुम पश्चिम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाका भूकम्प प्रभावितहरुको लागि कास्की पोखराका कलाकर्मीहरुले राहत उपलब्ध गराउनुभएको छ । 

द मव डान्स एण्ड फिटनेश स्डुडियो पोखराका संयोजक सौगात रत्नले पाँच लाख बराबरका राहत सामाग्री आज सानीभेरी गाउँपालिका अध्यक्ष बिर्ख बहादुर बिष्ट र प्रमुख प्रशासकिय अधिकृत दिपक बुढाथाेकीलाई हस्तान्तरण गर्नुभएको हो । 

बाँफिकोट गाउँपालिका  र मुसीकोट नगरपालिका निवासी युवा तथा समाजसेवीद्वय टंक प्रसाद देवकोटा र बिष्णु रेउलेको पहलमा न्यानो कपडा बलाङ्केट, ज्याकेट ,स्विटर र सुत्केरी महिलाहरुको लागि आवश्यक सामाग्रीहरु उपलब्ध गराईएको हो । ८० वटा बलाङ्केट, ८० वटा गलबन्दी, ३ बोरा न्यानो कपडा उपलब्ध गराईएको हो । 

राहत सामाग्रीहरु बुझ्नुहुँदै गाउँपालिका अध्यक्ष बिष्टले सहयोगी कलाकर्मी र पहलकर्ताहरुलाई धन्यबाद व्यक्त गर्नुभयो । सहयोगी संस्थाका संयोजक सौगात रत्नको टिमले भूकम्प पीडितहरुको पीडामा मल्हम लगाउने कोशिस गरेको जनाएको छ ।

राहत हस्तान्तरण कार्यक्रममा सानीभेरी गाउँपालिका वडा नम्वर १ का वडा अध्यक्ष टेक बहादुर पुन, प्रभु महालक्ष्मी लाईफ ईन्स्योरेनस कम्पनिका रुकुम शाखा प्रमुख  ब्युझना पुन देवकोटा लगायतको उपस्थिति रहेको थियो । 

WhatsApp Image 2023-12-01 at 20.52.10_0a6274521701446016.jpg

प्रकाशित मिति: शुक्रबार, मंसिर १५, २०८०  २१:३४
प्रतिक्रिया दिनुहोस्