Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

भूकम्प प्रभावितहरुको लागि स्वास्थ्यकर्मीहरुद्वारा आर्थिक सहयोग

शनिबार, मंसिर १६, २०८०
tribeni2

रुकुम पश्चिम । गत कात्तिक १७ गते राति जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पको कारण प्रभावित भएकाहरुका लागि स्वास्थ्यकर्मीहरुको टिमले सहयोग गरेको छ । 

नेपाल र देश बाहिर रहनुभएका स्वास्थ्यकर्मीहरुले भूकम्प प्रभावितहरुको लागि ६२ हजार ८४६ रुपियाँ सहयोग गर्नुभएको हो । जिल्ला विपद् व्यवस्थापन समिति रुकुम पश्चिमको खातामा १५ जना स्वास्थ्यकर्मीहरुले उक्त रकम जम्मा गर्नुभएको हो । 

भूकम्प प्रभावितहरुको सहयोगका लागि हाल क्यानडामा रहनुभएका सन्तोकी राईले दश हजार पाँच, डा. रबिन्द्र चौलागाईले चार हजार ७०७, सुश्मा घिमिरेले चार हजार ७०७, पुष्पलता आचार्यले तीन हजार ७६५, प्रनिशा राई, अञ्जना राई र मुमता राईले जनही एक हजार ८८२ रुपियाँ सहयोग गर्नुभएको हो । 

त्यसैगरी अष्ट्रेलियामा रहनुभएका सुजाता महर्जनले आठ हजार ५०१ रुपियाँ सहयोग गर्नुभएको छ । उक्त कोषमा काठमाडौका सेमयाङ्ग राईले चार हजार पाँच सय, बिनि राईले पाँच हजार पाँच, जुना श्रेष्ठले एक हजार पाँच सय, हेलेन उप्रेती खड्काले एक हजार पाँच सय र पवित्रा थापा मगरले एक हजार रुपियाँ उपलब्ध गराउनुभएको हो । 

रुकुम पश्चिममा सुष्मा घर्ती मगरले दश हजार दश र रुपन्देहिको तिलोत्तमाका अनिता तिमिल्सिनाले दुई हजार रुपियाँ भूकम्प प्रभावितहरुको सहयोगार्थ विपद् व्यवस्थापन समितिको खातामा जम्मा गर्नुभएको हो । 

371503351_731509971756549_8349155191473371542_n1701482490.jpg

एक थुकी सुकी, हजार थुकी नदि हुनेभएकोले सबैको सक्दो सहयोगले विपद्को सामना गर्न मदत पुग्ने विश्वास उक्त टोलीले लिएको छ । सहयोगी सुष्मा घर्तीका अनुसार देश भित्र र परदेशमा रहनुभएका स्वास्थ्यकर्मीहरुले पीडितहरुको घाउमा मल्हम लगाउन सहयोग संकलन गरिएको हो ।

सबै साथीहरुले व्यक्तिगत रुपमा संकलन गरेर एकमुष्ठ रुपमा खातामा जम्मा गरिएको उहाँले जानकारी दिनुभयो । सबै साथीहरुले के सहयोग गर्न सकिन्छ भनेर सल्लाह गरेअनुरुप आफ्नो व्यक्तिगत खर्च कटाएर प्रभावित परिवारलाई सहयोग गरिएको घर्तीले बताउनुभयो । 

प्रकाशित मिति: शनिबार, मंसिर १६, २०८०  ०७:३८
प्रतिक्रिया दिनुहोस्