Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

अर्थशास्त्रतर्फकाे नाेबेल पुरस्कार तीन अर्थशास्त्रीलाई

tribeni2

काठमाण्डौ / यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार क्यानडाका डेभिड कार्ड, अमेरिकी नागरिक जोशुआ एङ्ग्रिस्ट र नेदरल्यान्ड मूलका अमेरिकी नागरिक गिडो इम्बेन्सलाई दिइने भएको छ ।

इकोनमिक साइन्सेसका लागि दिइने यस पुरस्कारलाई स्वेरिग्स रिक्सबैंक प्राइज पनि भनिन्छ ।

आर्थिक नीति र अन्य घटनाहरू कसरी जोडिन्छ भनेर सम्झाउनका लागि 'प्राकृतिक प्रयोग' को उपयोग गरेकाले यी तीन अर्थशास्त्रीलाई अर्थशास्त्रतर्फको नोबेल पुरस्कार दिइने भएको हो ।

श्रम अर्थशास्त्रमा योगदानका लागि डेभिड कार्डलाई सम्मान मिलेको हो, जोशुआ एङ्ग्रिस्ट र गुइडो इम्बेन्सलाई प्राकृतिक प्रयोगबाट कारण र प्रभावको बारेमा सटिक निष्कर्ष निकालेका कारण पुरस्कृत गरिएको हो ।

१० मिलियन स्विडिश क्रोन्स राशिको पुरस्कारको एक हिस्सा डेभिड कार्डलाई दिइने छ भने दोस्रो हिस्सा जोशुआ एङ्ग्रिस्ट र गिडो इम्बेन्समा बाँडिनेछ ।

प्रकाशित मिति: सोमबार, असोज २५, २०७८  २०:१०
प्रतिक्रिया दिनुहोस्