Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सञ्चारमन्त्री शर्माद्वारा सहिद पार्कमा पुष्पगुच्छा अर्पण, प्रभावितको लागि न्यानो कपडा हस्तान्तरण

भूकम्प प्रभावित जिल्ला रुकुम पश्चिममा सञ्चारमन्त्री शर्मा
आइतबार, मंसिर १७, २०८०
tribeni2

रुकुम पश्चिम । शनिबार बेलुका सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा भूकम्प प्रभावित जिल्ला रुकुम पश्चिम आईपुग्नुभएको छ । भूकम्प प्रभावित क्षेत्रका संचारकर्मी, सञ्चारमाध्याम र दुरसञ्चारको अवस्था निरीक्षणको क्रममा उहाँ रुकुम पश्चिम आईपुग्नुभएको हो । 

भूकम्पले दिएको पीडामा थोरै भएपनि मल्हम लगाउन मन्त्री शर्मा जिल्ला आउनुभएको हो । मन्त्री शर्माका प्रेस विज्ञ नरेन्द्र केसीका अनुसार यस क्रममा उहाँले आफ्नै पहलमा संकलित न्यानो कपडा (सिरक) जिल्ला विपद् व्यवस्थापन समितिलाई हस्तान्तरण गर्नुभएको छ । 

समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्तलाई पाँच सय थान सिरक हस्तान्तरण गर्नुभएको प्रेस विज्ञ केसीले जानकारी दिनुभयो । चिसोको बेला भूकम्प प्रभावितहरुलाई राहत प्रदान गर्नको लागि सिरक उपलब्ध गराईएको हो । 

मन्त्री शर्माले मुसीकोट नगरपालिका –५ सेरिगाउँमा रहेको सहिद पार्कमा पुष्पगुच्छा चढाएर रुकुमपश्चिम प्रवेश गर्नुभएको हो । उहाँले कम्युनिष्ट आन्दोलनका पहिलो सहिद कामी बुढा, रुकुमका पहिलो कम्युनिष्ट सदस्य स्कन्द शर्मा तथा जनयुद्धका सहिदहरुको स्मृतिमा निर्मित सहिद पार्कमा पुष्पगुच्छा अर्पण गर्नुभएको हो । 

आज दिनभर रुकुम पश्चिम र जाजरकोटका भूकम्प पीडितहरुसँग भेट गर्ने, आम सञ्चार र दूरसञ्चारको क्षेत्रमा देखिएका समस्याहरु अनुगमन गर्ने कार्यक्रम रहेको बताईएको छ । 

406915470_10228269232309273_2611826754272544445_n1701565413.jpg

प्रकाशित मिति: आइतबार, मंसिर १७, २०८०  ०६:४५
प्रतिक्रिया दिनुहोस्