Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

विपद्को बेलामा पत्रकारहरुको साथमा महासंघ छ : अध्यक्ष पोखरेल 

आइतबार, मंसिर १७, २०८०
tribeni2

रुकुम पश्चिम । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष बिपुल पोखरेलले विपदको समयमा पत्रकारहरुका साथमा नेपाल पत्रकार महासंघ रहेको बताउनुभएको छ ।  

भूकम्प प्रभावित जिल्ला रुकुम पश्चिमका पत्रकारहरुसँग आईतबार भएको छलफल कार्यक्रममा अध्यक्ष पोखरेलले भूकम्प प्रभावित क्षेत्रका पत्रकारहरुले एक्लो भयौ भनेर नसोच्न र महासंघ साथमै रहेको कुरा उल्लेख गर्नुभयो ।  

कार्यक्रममा संचारकर्मीहरुले सहि र तथ्य सूचना सम्प्रेषण गर्नुपर्ने बताउनुभएको छ । उहाँले मिथ्या सूचना नभई सत्य तथ्य सूचनाले विपद्को बेला उद्धार, उपचार, राहत र पुनर्निर्माणको काममा सघाउ पुग्ने गर्नुभयो । 

अध्यक्ष पोखरेलले मिथ्या सूचनाले विपद्को अवस्थामा थप क्षति हुन सक्ने र राहत तथा पुनर्निर्माणको काम प्रभावित हुने बताउनुभयो । 

जाजरकोट भूकम्पको कारण प्रभावित बनेका रुकुमपश्चिम र जाजरकोटका पत्रकारहरुले विपद्मा प्रशंसनिय भूमिका निर्वाह गरेको उल्लेख गर्नुहुँदै उहाँले विपद्पछि थप क्षति हुन नदिन सकारात्मक सन्देश प्रवाह गरेको जनाउनुभयो । कार्यक्रममा अध्यक्ष पोखरेलले प्रेस स्वतन्त्रताको उच्चतम् प्रयोग हुँदा विपद् पछिको अवस्थामा थप क्षति नहुने भएकोले भूकम्प प्रभावितस्थलबाट निर्धक्क भएर सत्यतथ्य सूचना सम्प्रेषण गर्न आग्रह गर्नुभयो । 

रुकुमका पत्रकारहरुले आफू प्रभावित हुँदाहुँदै अतिरिक्त भूमिका निर्वाह गरेको, उद्धार र उपचारमा खटिएको कुरा आफैमा उदाहरणिय भएको समेत उहाँले बताउनुभयो । यसका साथै पत्रकार महासंघ रुकुमपश्चिमको भवनमा भूकम्प प्रभावितलाई आश्रय दिएको, भवन भत्किदापनि रेडियो समावेशी आवाजले त्रिपालमूनिबाट निरन्तर प्रशारण सेवा दिएको बिषय गर्वलायक बिषय भएको अध्यक्ष पोखरेलले उल्लेख गर्नुभयो । 

भूकम्प प्रभावित क्षेत्रका संचारकर्मी र संचारमाध्यामहरुको सहयोगका लागि विभिन्न निकायहरुसँग समन्वय भईरहेको जानकारी दिनुहुँदै उहाँले केहि राहतको व्यवस्था गर्ने बताउनुभयो । सूचना विभाग, प्रेस काउन्सील लगायतसँग घुम्ती शिविर, ईन्टरनेट शुल्क लगायतका बिषयमा कुरा भईरहेको र सकारात्मक प्रतिक्रिया पाएको अध्यक्ष पोखरेको भनाई छ । 

प्रकाशित मिति: आइतबार, मंसिर १७, २०८०  १०:०९
प्रतिक्रिया दिनुहोस्