Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

पहिचान नखुलेको शवको सात दिनपछि मुग्लुखोलामा दाहसंस्कार 

आइतबार, मंसिर १७, २०८०
tribeni2

रुकुम पश्चिम । रुकुम पश्चिममा पहिचान नखुलेको एक पुरुषको शवको दाहसंस्कार गरिएको छ । 

गत मंसिर १० गते जिल्लाको सानीभेरी गाउँपालिका वडा नम्वर ३ मुलपानीस्थित सानीभेरी नदिको किनारमा भेटिएको शव आज आईतबारका दिन दाहसंस्कार गरिएको हो । 

मुसिकोट नगरपालिकाका नगर प्रहरी सहायक निरीक्षक उमेश केसीका अनुसार शव भेटिएको सात दिनसम्म पनि पहिचान नखुलेकोले आवश्यक कानूनी प्रक्रिया पुरा गरेर मुसिकोट नगरपालिका ३ मुग्ुलखोलामा उक्त शवको दाहसंस्कार गरिएको हो । 

उक्त शव सानीभेरी नदिको किनारमा नग्न अनस्थामा, शरिरको भागमा लेउ लागेको, अनुहार नचिनिने र निलो भएको अवस्थामा फेला परेको थियो । नेपाल प्रहरी र नगर प्रहरीको टोलीले कानूनी प्रक्रिया पुरा गरेर शवको दाहसंस्कार गरेको हो । 

उक्त शव करिब ५ फिट उचाई र अन्दाजी ३५ देखि ४० वर्ष उमेरको रहेको थियो । हुलिया परिपत्र गर्दा समेत पहिचान नखुलेको र शव सडेर गन्हाउन थालेपछि आज दाहसस्कार गरिएको नगर प्रहरी सहायक निरीक्षक केसीले जनाउनुभयो । 

सम्बन्धित समाचार .......

सानीभेरीको किनारमा पहिचान नभएकाे एक पुरुषको शव फेला

प्रकाशित मिति: आइतबार, मंसिर १७, २०८०  १७:५३
प्रतिक्रिया दिनुहोस्