Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

भुकम्पको ईपिसेन्टरमा फेयरमेड एचडिसिको सहयोग

सोमबार, मंसिर १८, २०८०
tribeni2

जाजरकोट । गत कार्तिक १७ गते राति जाजरकोट जिल्लाकाे बारेकोट गाउँपालिकाको रामीडाँडा केन्द्रविन्दु भएर गएको बिनाशकारी भूकम्पको ईपिसेन्टरमा फेयरमेड फाउण्डेशन र सर्वाङ्गिण विकास केन्द्र (एचडिसि नेपाल) ले एकिकृत रुपमा राहत र पुनर्निर्माणको काम थालेको छ ।

बारेकोट गाउँपालिका वडा नम्बर १ बयाल टोलमा गाउँपालिकाको अनुरोधमा एकिकृत रुपमा कामको थालनि गरिएको एचडिसि नेपालका कार्यकारी निर्देशक लिलामणि गौतमले बताउनुभयो ।  पहिलो चरणमा एक सय परिवारको लागी पुग्ने गरि न्यानो कपडा, ७० जना एकल महिला, २३४ जना बालवालिका, २७ जना दिर्घ रोगि एवं अपाङ्गता भएका व्यक्ति र गर्भवति तथा सुत्केरीहरुको लागी आवश्यक न्यानो कपडा सहितको प्याकेज उपलव्ध गराईएको कार्यकारी निर्देशक गौतमले जानकारी दिनुभयो । 

आईतवार राहत वितरण कार्यक्रममा बाेल्दै बारेकोट गाउँपालिका अध्यक्ष बिर बहादुर गिरीले विपत्तिको सामना सरकार एक्लैले गर्न नसक्ने बताउँनुभयाे । उहाँले धेरै मानविय र भौतिक क्षति हुँदा यसको असर दिर्घकालिन रुपमा सामाजिक, आर्थिक र मानविय रुपमा समेत पर्ने बताउँदै यसको न्युनिकरणको लागी सवै क्षेत्रको हातेमालो हुनुपर्ने बताउनुभयो । 

विपदको समय र चिसो मौषममा चिसोको कारण गर्भवति, सुत्केरी, बालवालिका, एकल महिला, दिर्घरोगी, अपाङ्गता भएका व्यक्ति लगायत बारेकोटका जनतालाई थोरै मात्रामा भएपनि मानविय सहायता गर्न सकियोस भन्ने हेतुले आफुहरु बारेकोटकाे बयाला पुगेको फेयरमेड फाउण्डेशनका नेपालका वाग्लुङ्ग र रुकुम पूर्व परियोजना टिम लिडर राजेन्द्र रुचालको भनाई छ । 

संस्थाले बारेकोटको १ नम्बर वडा बयालमा एकिकृत रुपमा काम गर्ने गरि जिल्ला विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन समिति जाजरकोट र बारेकोट गाउँपालिकासंग सझौता समेत गरि कार्य थालनि गरि सकिएको एचडिसि नेपाल रुकुम पूर्वका कार्यकारी निर्देशक लिलामणि गौतमले जानकारी दिनुभयो ।

जस अन्तर्गत पहिलो चरणमा बयालमा एक सय परिवारको लागी आवश्यक राहत सामाग्री उपलव्ध गराईएको र सोहि परिवारलाई ३ महिनासम्म पुग्ने गरि खाद्यान्न समेत उपलव्ध गराईने छ ।

यसका साथै रामीडाँडा स्वास्थ्य चौकि व्यवस्थापन, बयालमा रहेको आधारभुत विद्यालयमा पोषाक तथा शैक्षिक सामाग्रीका साथै अन्य आवश्यक सहयोगसंगै बयालमा रहेका ५० दलित परिवारका लागी “भुकम्पबाट प्रभावित घरपरिवारलाई अस्थाई आवास निर्माण अनुदान कार्यविधि २०८०” अनुसारकै मापदण्डका अस्थाई आवास र शौचालय समेत निर्माण गरिने निर्देशक गौतमले जानकारी दिनुभयो ।  

संस्थाले जाजरकोट जिल्लाको भेरी नगरपालिका वडा नम्बर ११ जगतिपुरका २५ परिवार, नलगाड नगरपालिका वडा नम्बर ७ गुनाभिरका २५ परिवार, रुकुम पश्चिमकाे आठविसकोट ११ चिसापानिका ५० परिवारलाई समेत राहत वितरण गरिएको फेयरमेड फाउण्डेशनका दान वहादुर कार्किले बताउनु भयो । 

प्रकाशित मिति: सोमबार, मंसिर १८, २०८०  १८:२८
प्रतिक्रिया दिनुहोस्