नेभिगेशन
खेल

सन्दीप लामिछाने बने ‘आइसीसी प्लेयर अफ द मन्थ’

काठमाडौं : नेपालका लेग-स्पिनर सन्दीप लामिछाने र इंग्ल्याण्ड महिला टिमकी कप्तान हेदर नाइट सेप्टेम्बर महिनाको लागि ‘आइसीसी प्लेयर अफ द मन्थ’को विजेता घोषित भएका छन्।

लामिछाने सेप्टेम्बर महिनामा केही उत्कृष्ट प्रदर्शन गरेका बंगलादेशका बायाँ हातेका ‘अर्थोडक्स’ नसुम अहमद र अमेरिकाका ‘हार्ड-हिटिङ ब्याट्सम्यान’ जसकरण मल्होत्रालाई पछि पार्दै ‘आइसीसी प्लेयर अफ द मन्थ’घोषित भएका हुन्।

लामिछानेको लागि सेप्टेम्बर एक शानदार महिना रह्यो। उनले आइसीसी क्रिकेट विश्वकप लिग-२ मा उत्कृष्ट प्रदर्शन गरे। जसमा उनी ७.३८ को औसतमा १८ विकेट र ३.१७ इकोनोमीसहित ‘स्ट्यान्ड आउट’ बलर रहे।

पपुवा न्यू गिनीविरुद्धका दुई खेलमा उनले उल्लेखनीय प्रदर्शन गर्दै ३५ रन दिएर ४ विकेट र ११ रन दिएर ६ विकेट लिए। उनको अन्य यादगार प्रदर्शन ओमानविरुद्ध थियो, जसमा उनले १८ रन खर्चिदै ४ विकेट लिए।

इंग्ल्याण्डकी कप्तान हेदर नाइट आफ्नै टिमकी चार्ली डीन र दक्षिण अफ्रिकाकी लिजेल लीलाई पछि पार्दै सेप्टेम्बर महिनाको उत्कृष्ट महिला खेलाडी घोषित भइन्।

घरेलु मैदानमा न्युजिल्याण्डविरुद्ध इंग्ल्याण्डको एक दिवसीय शृंखलाको जितमा नाइट निर्णायक सावित भइन्। उनले ४२.८० को औसतमा २१४ रन बनाइन्। ४.६६ को इकोनोमीसहित तीन विकेट लिएर उनले बलिङमा पनि उत्कृष्ट प्रदर्शन गरिन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेल