रुकुम पश्चिमबाट पहिलो पटक दुई जना गैरआवासीय नेपाली नागरिकलाई नागरिकता प्रदान

मंगलबार, मंसिर १९, २०८०

रुकुम पश्चिम । जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले पहिलो पटक गैरआवासीय नेपाली नागरिकलाई नागरिकता प्रदान गरेको छ । 

सोमबार दुई जना गैरआवासीय नेपाली नागरिकलाई गैरआवासीय नेपाली नागरिकता प्रदान गरिएको हो । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका ५ घर भई हाल संयुक्त राज्य अमेरिका निवासी खडक बहादुर पुन मगर र हिरा पुन मगरलाई गैरआवासीय नागरिकता प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्तले जानकारी दिनुभयो ।

उहाँका अनुसार नेपालको संविधान, नेपाल नागरिकता ऐन तथा नियमावलीले व्यवस्था गरे बमोजिम नै  कार्यालयले पहिलो पटक गैर आवासीय नेपाली नागरिकलाई नागरिकता प्रदान गरेको हो ।

प्रकाशित मिति: मंगलबार, मंसिर १९, २०८०  ०७:४७
प्रतिक्रिया दिनुहोस्