Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम अदालतको फैसलापछि पीडित भन्छन्, “छोरा मरे : न्याय मरेन”

बुधबार, मंसिर २०, २०८०
tribeni2

रुकुम पश्चिम । साढे तीन वर्ष पहिला रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८ सोतीमा जाजरकोटका नवराव बिकसहित ६ जनाको ज्यान जानेगरी भएको हत्याकाण्डको फैसलापछि पीडित परिवारले न्याय पाएको बताएका छन् । 

मृतकका आफन्तजनहरुले छोरा मेरो पनि न्याय नमरेको प्रतिक्रिया दिएका छन् । रुकुम जिल्ला अदालतबाट मंगलबार बेलुका फैसलाभएपछि उनीहरुले यस्ता प्रतिक्रिया दिएका हुन् । उनीहरुले बुधबार रुकुम पश्चिमको जिल्ला सदरमुकाम मुसिकोटमा फैसलाको स्वागत गर्दै बाजागाजा सहितको ¥यालि समेत निकालेका छन् । 

पीडित परिवारले जिल्ला अदालतलाई सम्मान गर्दै ढोग गरेका छन् । यसका साथै उनीहरुले पुष्प अर्पण समेत गरेका छन् । उनीहरुले फूलमाला सहित बजार परिक्रमा समेत गरेका छन् । 

“छोरा मरे : न्याय मरेन, सकियो अब भन्नेवाद : अदालतलाई धन्यबाद, न्याय पाए आमाले : शान्ति पाए आत्मले, भाई बगाउने भेरीहरु : नबगाउनु फेरि अरु” लगायतका नारा सहित सोती घटनाका पीडितहरुले बजार परिक्रमा गरेका थिए । 

बल्ल न्यायको महशुस भयो

WhatsApp Image 2023-12-06 at 14.55.06_80ec0d061701854275.jpg
मृतक नवराजका बुवा मुनलाल नेपालीले साढे तीन बर्षको लडाईपछि न्यायको महशुस भएको बताउनुभयो । फरक जिल्लामा न्यायको लडाई भईरहेको र राजनीतिक कारणले न्याय पाईदैन कि भन्ने लागेको बेला न्यायलयले न्यायको अनुभुति दिलाएको उहाँको भनाई छ । उहाँले जिल्ला अदालत र न्यायाधीसलाई भगवानको संज्ञा दिनुभयो । उच्च अदालत र सर्वोच्चबाट दोषिहरु उम्कन्छन की भन्ने शंका मनमा रहेको उहाँले उल्लेख गर्नभयो ।

न्यायको लडाई जितियो

WhatsApp Image 2023-12-06 at 14.55.06_bc1f77fa1701854295.jpg
त्यसैगरी घटनामा मृतक गोबिन्द शाहीको आमा भिमी कुमारी शाहीले अनिदो र भोकै रहेर पनि न्यायको लागि लडेको बताउनुभयो । न्याय नपाउने चिन्तामा रहेका आफूहरुलाई अदालतले न्याय दिएको उहाँको भनाई छ । उहाँले जिल्ला अदालतले गरेको फैसलालाई राम्रो र हाम्रो पक्षमा भएको जनाउनुभयो । अदालतको फैसलाले पीडित परिवार र सबैको मनमा शान्ती भएकोले खुशि मिलेको शाहीले बताउनुभयो । 

रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८ सोतीमा २०७७ जेठ १० गते जाजरकोटका नवराज विकसहित ६ जनाको ज्यान जाने गरी भएको हत्याकाण्डको मङ्गलबार फैसला भएपछि आज ¥याली निकालिएको हो । 

उक्त घटनामा संलग्न भएको भन्दै रुकुम जिल्ला अदालतले २४ जनालाई जन्मकैदको फैसला गरेको छ । जिल्ला न्यायाधीश खड्कबहादुर केसीको एकल इजलासले उक्त घटनामा मुद्दा दर्ता भएका ३४ मध्ये २४ जनालाई जन्मकैदको फैसला गरेको हो । अदालतका सूचना अधिकारी गोविन्दप्रसाद कोइरालाले पुर्पक्षका लागि थुनामा रहेका २३ जना र तारेकमा रिहा भएका एक जनासमेत गरेर २४ जनालाई जन्मकैदको फैसला भएको जानकारी दिनुभयो ।

उहाँका अनुसार तत्कालीन वडा अध्यक्षसमेत रहेका डम्बर बहादुर मल्ल, डिल्लीबहादुर ठकुरी, प्रेमबहादुर ठकुरी, सन्तोष मल्ल, मोहन पुन मगर, मानबहादुर मल्ल, टोपबहादुर मल्ल, सर्वजित भनिने सविन पुन, तिलक चन्द, ईन्द्रबहादुर भनिने इर्दबहादुर ठकुरी, लिपेन्द्रकुमार मल्ल, हर्कबहादुर मल्ल, बिनोद मल्ल, नेत्रबहादुर मल्ल, रेशमबहादुर मल्ल, धनराज राना, नबिन कुमार घर्तीमगर, बिराज पुन मगर, भिमबहादुर पुन, रमित पुन मगर, बिष्णु मल्ल र तीनजना नाम परिवर्तित  छन् । नाम परिवर्तित तीनजना घटनामा मृतक नवराजकी प्रेमिका भनिएकी किशोरीका बुवा, दाइ र भाइ हुन् ।

यस्तै, जन्मकैद फैसला भएका २४ जनामध्ये मल्ल ठकुरी थरका सबैजनालाई जातीय छुवाछुततर्फ दुई वर्ष कैद र ५० हजार जरिवानासमेत भएको छ । त्यसैगरी, नवराजकी प्रेमिका भनिएकी किशोरी र निजको आमालाई जातीय छुवाछुततर्फ दुई वर्ष कैद र ५० हजार जरिवाना भएको छ । 
 

प्रकाशित मिति: बुधबार, मंसिर २०, २०८०  १४:५९
प्रतिक्रिया दिनुहोस्