Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

त्रिजमाविको अध्यक्षमा केसीलाई नै काम गर्न दिन उच्च अदालतको आदेश 

मुसिकोट नगरपालिका लाई १५ दिन भित्र लिखित जवाफ दिन आदेश
बुधबार, मंसिर २०, २०८०
tribeni2

रुकुम पश्चिमको मुसिकोट नगरपालिका १ मा रहेको त्रिभुवन जनता मावि खलङ्गाको विद्यालय व्यवस्थापन समिति विघटनका बिरुद्धमा उच्च अदालत सुर्खेतले अन्तरिम आदेश दिएको छ । 

मुसिकोट नगरपालिका बिरुद्ध विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र केसीले दिनुभएको रिट निवेदनमा बुधबार उच्च अदालत सुर्खेतका न्यायाधीश सीताराम मण्डलको एकल इजलासले अन्तरिम आदेश जारी गरेको हो । 

उच्च अदालतले निवेदनको अन्तिम टुङ्गो नलाग्दासम्म निवेदक केसीलाई नै विद्यालय व्यवस्थापन समितिको अध्यक्षको हैसियतले कामकाज गर्न दिन आदेश गरेको छ । आदेशमा अध्यक्ष केसीलाई काममा हस्तक्षेप नगर्नु नगराउनु, यथास्थितिमा काम गर्न दिनु भनी आदेश गरेको छ । 

आदेशमा केसीलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्षको हैसियतले कामकाज गर्न नदिएमा विद्यालयको शैक्षिक क्षेत्र र आर्थिक क्षेत्रमा समेत असर पर्ने समेत उल्लेख गरिएको छ । बिद्यालयमा अपूरणीय क्षति हुने भएकोले सुविधा र सन्तुलनको दृष्टिकोणले अध्यक्ष केसीलाई विद्यालय व्यवस्थापन समितिको रूपमा काम गर्न दिन अदालतले अन्तरिम आदेश दिएको हो । 

मुसिकोटलाई १५ दिन भित्र लिखित जवाफ माग

यसका साथै अदालतले मुसिकोट नगरपालिकालाई १५ दिन भित्रमा लिखित जवाफ दिन पनि आदेश गरेको छ ।

आज भएको अन्तिरिक आदेशमा विव्यस अध्यक्षको बिषयमा यसमा के भएको हो ? निवेदकको माग बमोजिम आदेश किन जारी हुन नपर्ने हो ? आदेश जारी हुन नपर्ने कुनै आधार कारण भए सो खुलाई १५ दिनभित्रमा आफै वा आफ्नो कानुन बमोजिमको प्रतिनिधि मार्फत लिखित जवाफ पेस गर्नु भनेर आदेश भएको छ ।  

मुसिकोट नगरपालिकाले गत कार्तिक २४ गते नरेन्द्र केसीको अध्यक्षतामा रहेको विद्यालय व्यवस्थापन समिति विघटन गरिएको पत्र विद्यालयमा पठाएको थियो । उक्त पत्रमा शैक्षिक वातावरण बिथोलेको आरोप लगाईएको थियो । नगरपालिकाले वडा अध्यक्ष ज्ञानु चन्द्र चन्दलाई अध्यक्षका रुपमा काम गर्न जिम्मेवारी तोकेको थियो । 

प्रकाशित मिति: बुधबार, मंसिर २०, २०८०  १८:५२
प्रतिक्रिया दिनुहोस्