Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

बिहे खर्च कटाएर विद्यालयमा अक्षयकोष स्थापना

बिहीबार, मंसिर २१, २०८०
tribeni2

काठमाडौं । पछिल्लो समय समाजमा विवाह समारोहमा भोजभतेरका लागि लाखौँ रुपैयाँ खर्च गर्ने प्रचलन बढ्दै गएको पाइन्छ । तर यहि समाजका विचमा पत्रकार लक्ष्मी पौडेल र लेखक नारायण नेपालले भने सामान्य तवरबाट विवाह सम्पन्न गरेका छन । उनिहरुले आफ्नो विवाह खर्च कटाएर विद्यालयमा अक्षयकोष समेत स्थापना गरेका छन् । 

पौडेलले आफूले प्राथमिक शिक्षा अध्ययन गरेको जनता आधारभूत विद्यालय विहादी – ३ पर्वतमा र नेपालले आफ्ना बुबा स्वर्गीय ढुन्डिराज नेपालको पहलमा स्थापना भएको मालिका मावि बेलकोटगढी नगरपालिका – ६ देउराली नुवाकोटमा ५०–५० हजार रुपियाँ बराबरको अक्षयकोष स्थापना गर्ने घोषणा गरेका हुन ।
 उनीहरुको कदमको सहभागी सबैले प्रसंसा गरेका छन् । आफैंले अध्ययन गरेको विद्यालयमा अध्ययनरत विपन्न तथा दलित र असहाय बालबालिकालाई वार्षिक रुपमा छात्रवृत्ति उपलब्ध गराउनका लागि अक्षयकोष स्थापना गरिएको पौडेलले बताउनुभयो । 

एक सचेत युवाले आजको जमानामा भड्किलो विवाह गरेर रुपैयाँ दुरुपयोग गर्न नहुने भन्दै उदाहरणीय कामको सुरुवातका लागि थोरै भए पनि उक्त रकम शिक्षा क्षेत्रमा सहयोग गरेको नारायण नेपालको भनाइ छ।

  
 

प्रकाशित मिति: बिहीबार, मंसिर २१, २०८०  १२:२९
प्रतिक्रिया दिनुहोस्