Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

विवाह वर्षगाँठको अवसरमा ‘केशर–सरला’ दम्पतीद्वारा विद्यालयमा सहयोय

शुक्रबार, मंसिर २२, २०८०
tribeni2

रुकुम पश्चिम । वैवाहिक कार्यक्रम तथा विवाह बर्षगाँठ भन्दै भड्किलो खर्च गर्ने, भोजभतेर गर्ने चलन बढ्दै गएको बेला रुकुम पश्चिममा एक दम्पतिले उदाहरणीय कार्य गर्नुभएको छ । 

त्रिवेणी गाँउपालिका वडा नम्बर ७ निवासी केशर खड्का र उहाँकी श्रीमती सरला राणा खड्काले विवाह खर्चको रकमले शैक्षिक सुधार तथा शैक्षिक सम्मान अक्षयकोष, २०७७ स्थापना गर्नुभयो । सोहि अक्षय कोषको ब्याज रकममा केहि रकम थप परेर बिहिबार त्रिवेणी गाउँपालिका ३ झुल्नेटामा रहेको युवा जनजागरण माध्यमिक विद्यालयलाई ५० हजार रुपियाँ हस्तान्तरण गर्नुभएको छ । 

396555880_377018841466529_2426228422993750228_n1701994836.jpg

यो कार्य विवाह गरेको तीन वर्ष पुरा भई चौथो वर्ष प्रवेश गरेको अवसरमा गरिएको हो । विवाह वर्षगाँठको पहिलो वर्षबाटै यो सामाजिक कार्य निरन्तर भईरहेको छ । 

विवाह कार्यमा खर्च हुने पाँच लाख रकम जोगाएर शैक्षिक सुधार तथा शैक्षिक सम्मान अक्षयकोष, २०७७ स्थापना गरेको केशर खड्काले बताउनुभयो । खड्का दम्पतीले बिहीबार विद्यालयमै पुगेर सहयोग र विद्यार्थीलाई छात्रबृत्ति प्रदान गर्नुभएको हो । 

387518194_1759430261136373_5697231411983841035_n1701994837.jpg

विद्यालयमा हस्तान्तरण गरिएको उक्त सहयोगबाट १९ जना गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई शैक्षिक सामाग्री वितरण गरिएको विद्यालयले जनाएको छ । प्रधानाध्यापक कृष्णा खड्का ओलीका अनुसार १९ जना विद्यार्थीहरुलाई एक दर्जन कापी, एक दर्जन कलम र एक हजार रुपैयाँका दरले शैक्षिक सामग्री र नगद सहयोग प्रदान गरिएको छ । 

त्यसैगरी विद्यालयमा अत्यावश्यक रहेको स्टेशनरीका सामान राख्नको लागि प्रयोग हुने एउटा दराज पनि सोहि रकमबाट खरिद गरिएको छ । विद्यालयले गरिब तथा जेहेन्दार विद्यार्थीहरु छनौट गरेर सहयोग हस्तान्तरण गरेको हो ।

कक्षा १ देखि १० सम्मका विद्यार्थीहरुलाई उक्त छात्रबृत्ति प्रदान गरिएको विद्यालयले जानकारी दिएको छ । प्रधानाध्यापक खड्काका अनुसार शैक्षिक सामग्री र नगद पाउने बिद्यार्थीहरूमा हिमा ओली, रेणुका विक, सोनिया परियार, सजना बाँठा, विमल पुन, टिका विक, सुवर्ण डाँगी, प्रकाश खड्का, कल्पना परियार, सुनिता विक, बिराज ओली, सोनी बाँठा, नरेश ओली, बिपना विक, खीमा ओली, अजय खड्का, नवीन केसी, उर्मिला केसी र प्रकाश डाँगी रहेका छन् । 

385544152_1266069217397192_3706769336431242983_n1701994839.jpg

उक्त कार्यक्रममा त्रिवेणी गाउँपालिका अध्यक्ष गणेश केसीले खड्का दम्पतीले सबैले सिक्न लायक सामाजिक कार्य गरेको बताउनुभयो । देखाउनकै लागि भएपनि धुमधामसगँ वा भड्किलो तरिकाले बिहे गर्ने हाम्रो समाजको चलन अगाडि खड्का दम्पतीले उदाहरणीय काम गरेकोे अध्यक्ष केसीको भनाई छ । 

उक्र कार्यक्रममा गाउँपालिका अध्यक्ष गणेशकुमार केसी, उपाध्यक्ष राजकुमारी रेउले, ३ नम्बर वडा अध्यक्ष दीपेन्द्रकुमार ओली, वडा सदस्य रति दमाई, समाजसेवी वीरबहादुर ओली, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु लगायतको पनि आतिथ्यता रहेको थियो । 

385544152_1266069217397192_3706769336431242983_n1701994839.jpg

प्रकाशित मिति: शुक्रबार, मंसिर २२, २०८०  ०५:५३
प्रतिक्रिया दिनुहोस्