Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

मंसिर महिना भित्र आठबीसकोटका भुकम्पपीडितलाई छानामुनि ल्याउने नगर प्रमुखको प्रतिबद्धता

आठबीसकोटमा करिब १० हजार लाभग्राहि पहिचान
शुक्रबार, मंसिर २२, २०८०
tribeni2
  • सत्य बटाला

रुकुम पश्चिम । आठबिसकोट नगरपालिका भित्रका सबै भूकम्प पीडितहरुलाई अस्थायी आवास बनाउने काम तिब्र रुपमा भईरहेको छ । नगर प्रमुख रबि केसीले त्रिपाल र टेन्टको सहायतामा बसिरहेका सबै भूकम्प पीडितहरुलाई मंसिर महिना भित्रै छानामूनि ल्याउने बताउनुभएको छ । 

नगरपालिकाका अनुसार १४ वटै वडामा भूकम्पले करिब १० हजार घरमा क्षति पुगेको छ । नगरपालिकामा हालै संकलन गरेको तथ्यांक अनुसार अस्थायी आवास निर्माणका लागि नौ हजार ९६२ लाभग्राहिको विवरण संकलन भएको छ ।  लाभग्राहि परिचान गरेर जिल्ला विपद् व्यव्स्थापन समितिमा सिफारिस गरिएको नगर प्रमुख केसीले बताउनुभयो ।

उहाँका अनुसार अव सोही आधारमा पहिचान भएका लाभग्राहीहरूले अस्थायी आवास निर्माणको लागि रकम पाउने छन् । जिल्ला विपत् व्यवस्थापन समितिबाट नगरपालिकामा अस्थायी आवास निर्माण गर्न साढे चार हजार लाभग्राहीहरूको लागि पहिलो किस्ता बापतको २५ हजारका दरले ११ करोड २५ लाख रकम गइसकेको छ । बाँकी पाँच हजार चार सय ६२ लाभग्राहीलाई भने पहिलो किस्ता बापतको रकम आउन बाँकी रहेको  प्रमुखले केसीले  जानकारी दिनुभयो । 

नगरपालिकामा कति अस्थायी आवास बने र कति बन्न बाँकी छन् त्यसको भने अझै विवरण सङ्कलन भएको छैन । विभिन्न राजनीतिक दलहरूले स्वयंसेवाको रूपमा अस्थायी आवास निर्माण गरिरहनु भएको छ । केही निर्माण सम्पन्न भएर पनि अस्थायी आवासमा बसिसक्नु भएको छ । 

केही भूकम्प पीडित अस्थायी आवासमा बसे पनि धेरै भूकम्प पीडित अस्थायी आवास नबन्दा त्रिपालमै बसेका छन् । प्रभावित क्षेत्रमा अस्थायी आवास प्राय ठाउँमा बनिसकेका र केही ठाउँमा निर्माणको अन्तिम चरणमा रहेकाले मङ्सिर महिनाभित्र भूकम्पपीडित नगरवासीहरुलाई छानामुनि ल्याउने गरी लागि परेको नगर प्रमुख  केसीले बताउनुभयो ।

प्रकाशित मिति: शुक्रबार, मंसिर २२, २०८०  ०९:०६
प्रतिक्रिया दिनुहोस्