रुकुम पश्चिमका पत्रकारहरुले बनाए एकै दिनमा ३ अस्थायी टहरा

शनिबार, मंसिर २३, २०८०

रुकुम पश्चिम । भूकम्पबाट घर क्षति भएपछि त्रिपालमा बस्दै आएका भूकम्प पीडितहरुको लागि पत्रकार महासंघ रुकुम पश्चिमले ३ वटा अस्थायी आवास निर्माण गरेको छ । 

विभिन्न राजनीतिक दल तथा निकायहरुले अस्थायी आवास निर्माणमा स्वयम् सेवक परिचालन गरिहेको बेला पत्रकार महासंघले पनि स्वयम् सेवक परिचालन गरेर अस्थायी टहरा निर्माण गरेको हो । 

महासंघका जिल्ला अध्यक्ष लक्ष्मण केसीका अनुसार आठविसकोट नगरपालिका ११ को रिठा गाउँमा अस्थायी आवास बनाएर पीडितलाई हस्तान्तरण गरिएको हो । 

409147500_7016049535180412_242305209009498792_n1702126139.jpg

रिठा गाउँका दिपेन्द्र मल्ल, अतिराम शाही र घमण्ड बहादुर चन्दको अस्थायी आवास निर्माण गरेर हस्तान्तरण गरिएको हो । भूकम्पले निम्त्याएको विपदलाई नजिकैबाट नियालिरहेको पत्रकारहरुले सहि खबर मात्र हैन पीडामा साथ दिन तयार रहन्छन् भन्ने गतिलो उदाहरण रुकुम पश्चिमका पत्रकारहरुले देखाएका छन् । 

अध्यक्ष केसीले शनिबार २२ जना पत्रकारहरु ३ टिममा परिचालन भएर अस्थायी आवास निर्माण गरेको उल्लेख गर्नुभयो । 

409325200_7016041718514527_4632209676195944954_n1702126140.jpg

विपद्को बेला विभिन्न क्षेत्र र निकायका व्यक्तिहरुले हातेमालो गर्न आवश्यक रहेकोले पत्रकारहरुले अस्थायी आवास बनाउन थालेको उहाँको भनाई छ ।

त्रिपालमा रहेका भूकम्प प्रभावितहरुमा स्वास्थ्य समस्या आउन थालेको बताउनुहुँदै अध्यक्ष केसी सरकारले समेत सुरु गरेको अस्थायी आवास निर्माणको काममा पत्रकारहरु स्वयम् सेवक भएर सेवा गरेको बताउनुभयो । 
409688921_7016050185180347_9017690453879159369_n1702126146.jpg

प्रकाशित मिति: शनिबार, मंसिर २३, २०८०  १८:२७
प्रतिक्रिया दिनुहोस्