Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

भूकम्पले घर भत्काएका परिवारलाई व्यक्तिगत रुपमा एक लाख सहयोग

आइतबार, मंसिर २४, २०८०
tribeni2

रुकुम पश्चिम । भूकम्पको कारण घर भत्किएका दुई घरपरिवारलाई आर्थिक सहयोग गरिएको छ । रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्वर १ लामिछाने गाउँका दुई परिवारलाई सहयोग गरिएको हो । 

लामिछाने गाउँका जनक लामिछाने र देवेन्द्र कामीको परिवारलाई जनहि पचास/पचास हजार रुपियाँ सहयोग गरिएको हो । उहाँहरुलाई चौरजहारी नगरपालिका १ घर भई हाल अमेरिकामा रहनु भएका भोला आचार्यले उक्त रकम सहयोग गर्नुभएको हो । आचार्यले व्यक्तिगत रुपमा उक्त रकम सहयोग गर्नुभएको हो । 

गाउँमा परेको विपद्को बेला प्रत्यक्ष रुपमा उपस्थित भएर साथ दिन नसकिएतापनि परदेशबाट व्यक्तिगत रुपमा उक्त रकम सहयोग गरेको आचार्यले बताउनुभयो । उक्त रकमले तत्कालको लागि अप्ठ्यारोमा परेको दुई परिवारलाई राहत महशुस हुने विश्वास लिएको आचार्यले जनाउनुभयो । भूकम्पले घर भत्काएपछि दुबै परिवार टेन्टमूनि बस्दै आएका छन् । 

आचार्यले दुई परिवारका लागि पठाउनुभएको उक्त रकम आज गाउँका जेष्ठ नागरिक तथा अगुवा भक्त बहादुर भाटले दुबै परिवारलाई हस्तान्तरण गर्नुभएको हो ।

भाटले गाउँ भन्दा पर रहेर पनि गाउँका आफन्तजन तथा दाजुभाईको दुःखमा सहयोग गरेको भन्दै आचार्यलाई धन्यबाद व्यक्त गर्नुभयो । बिनाशकारी भूकम्पले पीडा दिएको बेला मन ठुलो बनाएर आचार्यले गाउँमा सहयोग गर्नुभएको भाटको भनाई छ । पीडित परिवारहरुले पनि मनकारी आचार्यप्रति आभार प्रकट गरेका छन् । 

WhatsApp Image 2023-12-10 at 17.38.07_73c224811702211895.jpg

प्रकाशित मिति: आइतबार, मंसिर २४, २०८०  १८:१९
प्रतिक्रिया दिनुहोस्