Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

भूकम्पपीडित जेष्ठ नागरिकहरुको लागि न्यानो कपडा वितरण

आइतबार, मंसिर २४, २०८०
tribeni2

जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितहरुको लागि न्यानो कपडा वितरण गरिएको छ । 

जापानको कुरासिकि गाइगो गाकुइनमा अध्ययनरत बिद्यार्थीहरुको सहयोगमा १ लाख ८८ हजार रुपियाँ बराबरको न्यानो कपडा वितरण गरिएको हो । 

उक्त न्यानो कपडाहरु भूकम्पबाट अति प्रभावित क्षेत्र जाजरकोटको नलगाड नगरपालिका ३  र रुकुम पश्चिमको आठविसकोट नगरपालिका १४ मा हस्तान्तरण गरिएको छ । 

भूकम्प पीडितहरुको लागि सहयोग संकलन अभियान चलाएर संकलित रकमबाट जेष्ठ नागरिकहरुको लागि न्यानो कपडा खरिद गरेर हस्तान्तरण गरिएको अभियान टोलीका बसन्त शर्माले जानकारी दिनुभयो । 

उहाँका अनुसार दुबै क्षेत्रमा बराबरी न्यानो कपडा (पुरुषको लागि ५० पिस ट्रयाकसुट र महिलाको लागि ५० पिस सुइटर)  उपलब्ध गराईएको हो । जम्मा दुई सय जेष्ठ नागरिकहरुको लागि न्यानो कपडा उपलब्ध गराईएको हो । 

406838780_2665268980288382_6847506047019691950_n1702218858.jpg

आठविसकोट नगरपालिका वडा नम्वर १४ का वडा अध्यक्ष हुकुम पुन र नलगाड नगरपालिका वडा नम्वर ३ का वडा अध्यक्ष कौशि बहादुर विष्टको उपस्थितिमा पीडित परिवारलाई  न्यानो कपडा बुझाइएको शर्माले बताउनुभयो ।  

राहत संकलन अभियानमा रुकुम पश्चिमका बसन्त शर्मा, बिपुल रोका, दिनेश बोहरा , रुपक भण्डारि, बादल केसी, मिलन कार्कि, प्रजोल ढकाल, टंक प्रसाद शर्मा, केभिन कार्कि, पार्वति केसी, भिम लामिछाने, दिलाराम शर्मा, सुगम थापा र प्रजोल जोशी लगायतको मुख्य भुमिका रहेको बताईएको छ । 

प्रकाशित मिति: आइतबार, मंसिर २४, २०८०  २०:१६
प्रतिक्रिया दिनुहोस्