मठमा मोटरसाईकल दुर्घटना हुँदा दुई जना घाईते

सोमबार, मंसिर २५, २०८०

रुकुम पश्चिम । रुकुम पश्चिमको मुसिकोट नगरपालिका -१ मठमा सोमबार दिउँसो मोटरसाईकल दुर्घटना भएको छ । दुर्घटनामा परेर दुई जना घाईते भएका छन् । 

जिल्ला प्रहरी कार्यालयका अनुसार रा १ त ३७३६ नम्बरको ट्याक्टर र लु ४२ प २७९९ नम्बरको मोटरसाइकल ठोक्किदा दुर्घटना भएको हो । 

दुर्घटनामा परेर मोटरसाईकल चालक मुसिकोट नगरपालिका -१ खलंगा बस्ने २६ वर्षिय शिव नेपाली र २० वर्षिय राजु नेपाली घाईते हुनुभएको छ । 

घाईते मध्य शिवको अवस्था गम्भिर रहेको बताईएको छ । उहाँको टाउकोमा १४ वटा टाँका लगाईएको छ भने हात भाँचिएको छ । 

दुबै जना घाईतेहरुलाई उपचारको लागि जिल्ला अस्पताल सल्ले लगिएको थियो । गम्भिर घाईते शिवलाई थप उपचारको लागि सुविधासम्पन्न अस्पतालमा रिफर गरिएकोले अहिले नेपालगञ्ज लिन थालिएको छ । राजुलाइ भने सामान्य उपचारपछि डिस्चार्ज गरिएको छ ।  

प्रहरीले मोटरसाइकल, ट्याक्टर चालक र ट्याक्टरलाई नियन्त्रणमा लिएको जनाएको छ । 

प्रकाशित मिति: सोमबार, मंसिर २५, २०८०  १९:३०
प्रतिक्रिया दिनुहोस्