Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

माओवादी केन्द्रद्वारा तीन हजार बढी अस्थायी आवास तयार

रुकुम पश्चिममा ३२ हजार ८०७ घरमा क्षति
मंगलबार, मंसिर २६, २०८०
tribeni2

रुकुम पश्चिम । रुकुम पश्चिममा नेकपा (माओवादी केन्द्र) ले तीन हजार १६८ वटा अस्थायी आवास निर्माण गरेको छ ।

नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले जिल्लाका छ वटा स्थानीय तहमा अस्थायी आवास निर्माण गरेको जानकारी दिनुभयो । पूर्वमन्त्री एवम् प्रतिनिधि सभा सदस्य समेत रहनुभएका शर्माले मंगलबार मुसीकोटमा पत्रकार सम्मेलन आयोजना गरेर उक्त कुराको जानकारी गराउनुभएको हो ।

शर्माको नेतृत्वमा माओवादी केन्द्र रुकुम पश्चिमले गत मङ्सिर १२ गतेबाट औपचारिक रुपमा तीन हजार स्वयम्सेवक परिचालन गरेको थियो । त्यसयता भूकम्पपीडित परिवारको लागि तीन हजार एक सय ६८ वटा अस्थायी आवास निर्माण गरेको शर्माले बताउनुभयो । 

उहाँका अनुसार जिल्लामा सबैभन्दा बढी प्रभावित क्षेत्र आठबीसकोट नगरपालिकामा एक हजार ३०५, सानीभेरी गाउँपालिकामा ८५४, चौरजहारी नगरपालिकामा ६०७, मुसीकोट नगरपालिकामा २४, त्रिवेणी गाउँपालिकामा ३०७ र बाँफिकोट गाउँपालिकामा ७१ वटा अस्थायी आवास निर्माण गरिएको छ । 

३२ हजार घरमा क्षति

पूर्वमन्त्री शर्माले जिल्लाभर ३२ हजार ८०७ वटा घरमा भूकम्पले क्षति गरेको जानकारी दिनुभयो । उहाँका अनुसार क्षति भएका मध्य २४ हजार ४२३ घरको प्रहरी मुचुल्का तयार भईसकेको छ भने अन्यको मुचुल्का बनाउने क्रम जारी छ । 

उहाँका अनुसार सबैभन्दा बढी भौतिक क्षति आठबीसकोट नगरपालिमा भएको छ । आठबीसकोट नगरपालिकामा नौ हजार ६६३, सानीभेरी गाउँपालिकामा पाँच हजार ७४३, चौरजहारी नगरपालिकामा सात हजार पाँच वटा घरमा क्षति भएको छ ।

त्यसैगरी मुसीकोट नगरपालिकामा तीन हजार ९९९, त्रिवेणी गाउँपालिका चार हजार ६४४ र बाँफिकोट गाउँपालिकामा एक हजार ७५३ वटा घरमा क्षति भएको छ । 

प्रकाशित मिति: मंगलबार, मंसिर २६, २०८०  १६:१५
प्रतिक्रिया दिनुहोस्