Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

बालबालिकालाई न्यानो कपडा वितरण

सोमबार, पुस २, २०८०
tribeni2

रुकुम पश्चिम । रुकुम पश्चिमको आठबीसकोट नगरपालिका १३ स्थित बाल कल्याण आधारभूत विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरिएको छ । 

ग्रामीण युवा सरोकार केन्द्र रुकुम पश्चिमले विद्यालयका ९८ जना बिद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको हो । केन्द्रका अध्यक्ष पुस्तक चन्दका अनुसार भुकम्प प्रभावित क्षेत्रका बालबालिकाहरुलाई चिसोबाट जोगाउन सघाउ पुर्याउने उद्धेश्यका साथ न्यानो कपडाहरु उपलब्ध गराईएको हो । 

हाल अमेरिकामा रहनु भएका ग्रामीण युवा सरोकार केन्द्रका संस्थापक महासचिव दिपेन्द्र खड्काको संयोजनमा न्यानो कपडा संकलन गरिएको थियो । 
न्यानो कपडा पाएपछि बालबालिकाहरु खुशि भएका छन् ।

विद्यालयले न्यानो कपडाको लागि सहयोग गर्नुहुने खड्का र वितरणमा सहजिकरण गर्ने ग्रामीण युवा सरोकार केन्द्र रुकुम पश्चिमलाई धन्यबाद ज्ञापन गरेको छ । 

प्रकाशित मिति: सोमबार, पुस २, २०८०  ०६:५८
प्रतिक्रिया दिनुहोस्