Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

डिउटीमै ज्यान गुमाएका प्रहरी जवानको परिवारलाई आर्थिक सहयोग

बिहीबार, पुस ५, २०८०
tribeni2

रुकुम पश्चिम । गाडीको ठक्करबाट मृत्यु भएका प्रहरी जवानको आश्रित परिवारलाई सहयोगस्वरुप आर्थिक सहायता प्रदान गरिएको छ ।

रुकुम पश्चिमको मुसिकोट नगरपालिका १३ छिवाङ घर भएका प्रहरी जवान विशाल ओलीको परिवारलाई नगद आर्थिक सहयोग प्रदान गरिएको हो । 
जिल्ला प्रहरी कार्यालय बाँकेको टोली रुकुम पश्चिमस्थित मृतक ओलीको घरमै पुगेर आर्थिक सहयाृग प्रदान गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरिक्षक नमराज भट्टराईले जानकारी दिनुभयो । 

जिल्ला प्रहरी कार्यालय बाँके तथा मातहतमा रहेका कार्यरत प्रहरी अधिकृत, हवल्दार तथा जवानहरुले स्वेच्छिक रुपमा सङ्कलन गरेको नगद दुई लाख ५७ हजार नौ सय ८८ रुपियाँ रकम सहयोगस्वरुप स्वर्गीय प्रहरी जवानको आश्रित परिवारलाई हस्तान्तरण गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक नारायण डाँगी र इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले परिवारका सदस्यलाई हस्तान्तरण गर्नुभएको हो । 

प्रहरी जवान विशाल ओलीलाई गत मङ्सिर २८ गते राति कोहलपुरको मदनचोकमा डिउटीमै रहेका बेला पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको भे १ च ३४०७ नम्बरको बोलेरो गाडीले ठक्कर दिएको थियो । ठक्कर दिएपछि उपचारका क्रममा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उहाँको मृत्यु भएको थियो ।

प्रकाशित मिति: बिहीबार, पुस ५, २०८०  १७:२९
प्रतिक्रिया दिनुहोस्