Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot
दशैको मुखमा दुर्दशा

मुगुमा बस दुर्घटना हुँदा २२ जनाको घटनास्थलमै मृत्यु

tribeni2

सुर्खेत / दशैको फुलपातिको दिन मुगुमा बस दुर्घटना भएको छ ।  नेपालगञ्‍जबाट मुगु सदरमुकाम गमगढी जाँदै गरेको भे १ ख ६७ नम्बरको बस छाँयानाथ रारा गाउँपालिका ७ पिनागाउँमा बस दुर्घटना भएको छ । दुर्घटनामा परेर २२ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

अन्य १८ जना गम्भिर घाइते भएको बताईएको छ । प्रहरीका अनुसार बस आज दिउँसो २ बजेतिर दुर्घटना भएको हो ।

अहिले घाइतेको उद्धार जारी रहेको प्रहरीले जनाएको छ । थप विवरण आउँन बाँकी छ ।

प्रकाशित मिति: मंगलबार, असोज २६, २०७८  १५:१०
प्रतिक्रिया दिनुहोस्