Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

प्रेस युनियन रुकुम पश्चिमको सातौ जिल्ला अधिवेशन सम्पन्न, अध्यक्षमा केसी चयन

आइतबार, पुस ८, २०८०
tribeni2

रुकुम पश्चिम । नेपाल प्रेस युनियन रुकुम पश्चिमको अध्यक्षमा सुमित्रा केसी चयन हुनुभएको छ । आईतबार जिल्ला सदरमुकाम मुसीकोटमा सम्पन्न युनियनको सातौँ जिल्ला अधिवेशनबाट केसीका अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति चयन भएको हो ।

नवनिर्वाचित जिल्ला कार्यसमितिको उपाध्यक्षमा गोविन्द थापा र गीता डाँगी, सचिवमा करण बिक, सह सचिवमा करिष्मा केसी र कोषाध्यक्षमा रतन शाही चयन हुनुभएको छ । सदस्यहरुमा चक्र बिष्ट, अनिशेष केसी, आयुुषा हमाल, सोविराम केसी र भावना बुढाथोकी निर्वाचित हुनुभएको छ ।

कार्यसमितिको सबै पदाधिकारी र सदस्यहरु निर्विरोध निर्वाचित हुनुभएको नवनिर्वाचित अध्यक्ष केसी बताउनुभयो । नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालको प्रमुख आथित्यता रहेको उद्घाटन सत्रमा नेपाली काँग्रेसका सभापति प्रेम प्रकाश ओलीको बिशेष आथित्यता रहेको थियो ।

कार्यक्रममा नेपाल प्रेस युनियनका बरिष्ठ उपाध्यक्ष प्रेम केसी, उपाध्यक्ष नकुल अर्याल, महासचिव दिलिप पौडेल, पूर्व बरिष्ठ उपाध्यक्ष दिपक आचार्य, उपमहासचिव कमल पन्त, कोषाध्यक्ष माधव धिताल, केन्द्रिय सदस्य प्रविर ददेल, प्रेस युनियन लुम्बिनी प्रदेश महासचिब नविन गिरी, सुर्खेत शाखा अध्यक्ष मधुवन विसि, पत्रकार महासंघका जिल्ला अध्यक्ष लक्ष्मण केसीको आतिथ्यता रहेको थियो ।

त्यस्तै नेपाली काँग्रेसका सचिव परमेश्वर भण्डारी, सहसचिव यज्ञ बहादुर बिष्ट, नेताहरु अम्मरसिंह खड्का, शिव आचार्य, गोरख बहादुर खत्री, पार्टि प्रवक्ता लालबहादुर ओली लगायतको आतिथ्यता रहेको थियो ।

प्रकाशित मिति: आइतबार, पुस ८, २०८०  १९:३१
प्रतिक्रिया दिनुहोस्