Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

आठबीसकोटमा मालपोत र नापी कार्यालयको सेवा शुभारम्भ

आइतबार, पुस ८, २०८०
tribeni2
  • सत्य बटाला

रुकुम पश्चिम । रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा मालपोत र नापी कार्यालयको सेवा शुभारम्भ भएको छ । आईतबारबाट मालपाेत र नापी कार्यालयको सेवा सुरु गरिएको हो । 

एक कार्यक्रमकाबीच आठबिसकोटका नगर प्रमुख रवि केसीले सेवा शुभारम्भ गरेसँगै सेवा सुचारु भएको हो । यसअघि आठबिसकोटका नागरिकहरुले नापी तथा मालपोत सेवा लिन सदरमुकाम मुसिकोट पुग्नुपर्ने बाध्यता थियो । 

२०७८ चैत १७ गतेको मन्त्री परिषद् बैठकको निर्णय अनुसार बाँकेको कोहलपुर, डडेल्धुराको जोखवुढा, महोत्तरीको गौशला, रुकुमपश्चिमको आठबिसकोट नगरपालिकामा तत्कालै शाखा स्थापना गरेर सेवा सुचारु गर्ने निर्णय गरेको थियो ।

सोही निर्णय अनुसार आठबिसकोटमा स्थापना भएका दुबै कार्यालयलाई सञ्चालनमा ल्याइएको हो । आजदेखि सेवा सुरु भएको उक्त कार्यालयमा पहिलो सेवाग्राहीका रुपमा देउदत्त बटाला र प्रेम बहादुर शाहीले सेवा लिनुभएको छ । उहाँहरुलाई नगर प्रमुख केसीले जग्गा धनी प्रमाणपत्र सहित कागजजात हस्तान्तरण गर्नुभएको हो ।

कार्यक्रममा आठबिसकोटका नगर प्रमुख रवि केसी, निमित्त प्रमुख प्रशासकीय अधिकृत मणि राज शाह, कर्मचारी, जनप्रतिनिधी, स्थानीय लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: आइतबार, पुस ८, २०८०  १९:४०
प्रतिक्रिया दिनुहोस्