भिरबाट लडेर शिक्षकको मृत्यु

सोमबार, पुस ९, २०८०

रुकुम पश्चिम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका ९ सिम्ली स्थित राप्ती ज्ञानोदय माध्यमिक विद्यालयमा कार्यरत एक शिक्षकको भिरबाट खसेर मृत्यु भएको छ । 
 
आठबिसकोट नगरपालिका ८ निवासी शिक्षक परविर बुढाको मृत्यु भएको हो ।  माध्यमिक तह गणित विषयमा स्थायी शिक्षकको रुपमा कार्यरत बुढा शुक्रवार बिद्यालयबाट घर जानु भएको थियो ।

शनिवार आठबिसकोट नगरपालिका ९ राडीबजार देखि घर फर्कने क्रममा खाराखोला नजिकै भिरबाट लडेर शिक्षक बुढाको मृत्यु भएको बताईएको छ । स्थानीयका अनुसार बाटोबाट करिब एक सय मिटर तल रहेको मिल नजिकै बुढाको शव फेला परेको हो ।

 बुढा लामो समय देखि शिक्षण पेशामा आवद्ध हुनुहुन्थ्यो ।

प्रकाशित मिति: सोमबार, पुस ९, २०८०  ०७:२२
प्रतिक्रिया दिनुहोस्