कविता : पालमुनीको बसाई 

सोमबार, पुस ९, २०८०
  • विवेक सी

जाडो महिना, चिसो सिरेठो छ 
ससाना बच्चाबच्ची छन्
बुढेसकालका बाआमा 
दमका गोगी गाउँले बृद्धबृद्धाहरु छन्
भित्र घरमा बस्ने अबस्था छैन
अरुका पनि भत्केका घर छन्
घरमा सिरक छैन 
मान्छेहरुका चेत खुलेकै छैनन् 
हताश, निरास छन् गाउँवासी 
खाना खाने अन्न छैन 
पालमुनीको बसाई छ ।

पालबाट शित चुहिन्छ
ज्यान चिसिन्छ, आँखा सुनिन्छ  
रातमा निद्रा, दिनमा भोक छैन
गरिबलाई बाँच्ने अवस्था भैन  
दिनदिनै चिसो थपिरहेको छ
पालमूनीको बसाई छ । 

भूकम्पको त्रास छ
एकमूठी सास छ
घर चर्केको छ
घरसँगै मन चर्केको छ
बस्नलाई बास छैन 
खानालाइ गाँस छैन
पाल मुनिको बसाई छ ।

गाउँवासी शोकमा छन्
जनता भोकमा छन्
राहत बितरण विभेद छ
आफ्न्तवाद, नातावाद, राजनीतिकरण छ
पीडितलाई थप पीडा छ 
पालमुनीको बसाई छ । 

सरकार राहतमै ब्यस्त छ
गर्भवती, सुत्केरीको ज्यान जोखिममा छ 
बच्चाहरु चिसोले बेहाल छन् 
दलहरु अस्तब्यस्त छन 
जनता भोक र चिसोसँग भिडिरहेका छन्
आफ्नो त, पालमुनीको बसाई छ । 

प्रकाशित मिति: सोमबार, पुस ९, २०८०  ०८:०७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँफिकोटको सम्झनामा
सोमबार, पुस ९, २०८०

कविता : स्यार्पुको रङ्ग 
सोमबार, पुस ९, २०८०