त्रिवेणीको रनिङ शिल्ड त्रिवेणी माविको हातमा

शुक्रबार, पुस १३, २०८०

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका स्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड त्रिवेणी मावि सिम्रुतुले जितेको छ । वडा नम्वर–६ स्थित दहबाङ् खेलमैदानमा भएको शिल्डमा सहभागी ११ वटा विद्यालयलाई पछि पार्दै वडा नम्बर २ मा रहेका त्रिवेणी मावि सिम्रुतुले शिल्ड जितेको हो । 

उसले स्वर्ण ६,रजत ५ र कास्य ६ गरेर कुल १६ अंक प्राप्त गर्यो । १० नम्बर वडाको बालकल्या मावि टोट्केले स्वर्ण ४ र रजत ४ गरेर कुल अंक ८ ल्याएर दोस्रो भएको छ ,भने ११ अंक स्वर्ण २ रजत ४ कास्य ५ ल्याएर वडा नम्बर ४ मा रहेको अन्धनाशक मावि खुम्चेरि तेस्रो बनेको छ । यसपटकको शिल्डमा स्वर्ण पदकालाई मात्र प्राथामिकता दिईएको थियो ।

शिल्डमा छात्र, छात्रा भलिबल, छात्र, छात्रा दौड, रिले दौड संचालन गरिएको थियो । त्यसैगरि छात्रा, छात्र हाइजम्प, लङजम्प, त्रिपलजम्प, सटफुट, ज्याभलिङ थ्रो खेल पनि संचालन गरिएको गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख सुरेश पुन मागरले जानकारी दिनुभयो । 

गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रेम बहादुर घर्तिको अध्यक्षतामा समापन समारोह सञ्चालन भएको कार्यक्रमको प्रमुख अतिथि गाउँपालिका अध्यक्ष गणेश कुमार केसि हुनुहुन्थ्यो । कार्यक्रममा गाउपालिका उपाध्यक्ष राजकुमारि रेउलेको विशेष आतिथ्यता रहेको थियो ।

त्यस्तै वडा नम्वर १ का वडा अध्यक्ष सुन्दर ओली , वडा नम्वर ६ का वडा अध्यक्ष भद्र बहादुर र्सिपाली, नेपाल शिक्षक माहासंघका जिल्ला अध्यक्ष प्रेम बहादुर खड्का, पालीका अध्यक्ष डिल्ली बहादुर मल्ल लगायतको आतिथ्यता रहेको थियो ।

पुस ८ गतेदेखि सुरु भएको शिल्ड १२ गतेसम्म संचालन भएको थियो । शिल्ड गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाले आयोजना गरेको हो ।

प्रकाशित मिति: शुक्रबार, पुस १३, २०८०  ०७:०५
प्रतिक्रिया दिनुहोस्