Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सानीभेरीको किनारबाट उद्धार गरिएका बालकको मृत्यु

शनिबार, पुस १४, २०८०
tribeni2

रुकुम पश्चिमको  बाँफिकोट गाउँपालिका –४ छिनखेतस्थित सानीभेरी नदिको किनारबाट उद्धार गरिएका दुई जनामध्ये एक बालकको मृत्यु भएको छ ।

बाँफिकोट गाउँपालिका –२ पिपलका १३ वर्षीय सुभाष विकको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काका अनुसार अचेत अवस्थामा उद्धार गरि जिल्ला अस्पताल सल्ले ल्याईएका बिकको शुक्रबार मृत्यु भएको हो । 

प्रहरीले बिहिबार राती मृतक बिकसँगै बाँफिकोट गाउँपालिका –२ पिपलका १८ वर्षीय डिलु बिकलाई सानीभेरी किनारबाट उद्धार गरेको थियो । घटनाको थप अनुसन्धान गर्न डिलुको उपचार गरेर जिल्ला प्रहरी कार्यालयमा ल्याईएको प्रहरी निरीक्षक खड्काले जानकारी दिनुभयो । 

चिसोले कठ्याङग्रीएर सुभाषको मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ । मृतकको पोष्टमार्टम भने हुन बाँकी छ ।
 

प्रकाशित मिति: शनिबार, पुस १४, २०८०  ०८:४५
प्रतिक्रिया दिनुहोस्