Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot
लोप हुँदैछ पिङ

दशै तिहारमा पिङ हाल्ने परम्परा, युवा पुस्ताको वेवास्ता

tribeni2

लमजुङ / हिन्दूमात्रको माहान पर्व दसैँ–तिहारका बेलामा पिङ हाल्ने परम्परा  केही वर्षअघिदेखि जिल्लामा लोप हुँदै जान थालेको छ । गाउँदेखि  ठूला सहरबजारमा दसैँ आउन केही समयअघिदेखि पिङमा रमाउने यो मौलिक परम्परा अहिलेका युवापुस्ताको बेवास्ताका कारण लोप हुन थालेको हो । 

विगतमा जिल्लाका विभिन्न गाउँ, टोल, सहरबजारमा दर्जनौ रोटे, जाँते र लिङ्गे पिङमा  बालबच्चादेखि युवायुवतीको भीड हुने गर्दथ्यो । विस्तारै समाजमा विदेशी संस्कृतिको प्रभावका साथै आधुनिक सूचना प्रविधिको विकासले गर्दा मोवाइल, ल्यापटप,  र टेलिभिजनमै युवायुवती र बालबच्चासमेत रम्न थालेकाले पिङलगायत परम्परागत कला र संस्कृतिमा ह्रास हुन थालेको बेँसीशहर नगरपालिका–८ की बृद्धा  चिजकुमारी श्रेष्ठले बताए ।

उनले भने, “विगतमा दसैँ तिहारमा पिङको ठूलो महत्व हुन्थ्यो । वर्षमा एक चोटी धर्ती छोडे गति परिन्छ भनिन्थ्यो । त्यसैले उमेर नाघेकाहरू पनि एकै पटक भए पनि पिङ्मा मच्चिने गर्दथे तर अहिले आधुनिक जीवनशैलीप्रति युवापुस्ता आकर्षित भएका कारण यो परम्परा लोप हुँदै जान थालेको हो। ”
 उनले भने, “पहिले पहिले त टोल टोलमा युवा तथा बालबच्चा पिङमा झुम्मिएको देखिन्थ्यो तर अहिले मुस्किलले मात्र कतै–कतै पिङ खेलेको देखिन थालेकाले अब यस्को संरक्षण गर्नुपर्ने भएको छ । ”

मस्र्याङ्दी गाउँपालिकाका अमरजङ गुरुङले भने, “दसैँका बेला यहाँका बालबच्चादेखि वयस्क पनि केही वर्ष अघिसम्म लिङ्गेपिङ, रगटेपिङ दुबै टोलटोलमा हालेर खेल्थे । त्यसका साथै धेरैका घर–घरमासमेत डोरी बाटेर पिङ हाल्ने गरिन्थ्यो तर अहिले घर–घरमा त के गाउँमै पनि पिङ देख्न मुस्किल भएको उहाँको भनाइ थियो ।” त्यस्तै, दोर्दी गाउँपालिका– ३ का बुद्धिमान श्रेष्ठले भने, “१०÷१२ वर्ष अघिसम्म गाउँका टोलटोलमै रगटेपिङ बनाएर खेल्ने गरेपनि अहिले त मुख देख्न पनि नपाइने अवस्था आयो । वर्षमा एक चोटी धर्ती छोड्नुपर्ने मान्यता भए पनि युवा पुस्ताको बेवास्ताले यस्ता संस्कृति हराउने नै होकी भन्ने चिन्ता लागेको छ ।” 

विकासको क्रमसँगै विभिन्न मेला तथा  महोत्सवमा राखिने आधुनिक प्रविधिका पिङ खेल्न पाइने भएकाले पनि पिङप्रति चासो हराउन थालेकाले संरक्षण गर्न कठिन हुने भएको श्रेष्ठले बताए ।   

सानोमा दसैँ नजिकिँदै गर्दा दाइ पिङ हाल्न थाल्थ्यो, मलाई पनि रमाइलो लाग्थ्यो दसैँ आएको जस्तो महसुस हुन्थ्यो । रमाइलो मानेर पालैपालो सबैजना मिलेर  पिङ खेलिन्थ्यो, प्रत्येक वर्षको दसैँ–तिहारमा पिङ  खेलेर हुर्कंदै आएको क्व्होलासोथर गाउँपालिकाकी प्रिय गुरुङले बताए । उनले भने, “गाउँलेले अन्य पिङ हाल्दै आए पनि रगटेपिङ निर्माण गर्नका लागि धेरै समय लाग्ने, पिङमा आवश्यक सामग्री बनाउने मान्छेको कमी हुने र धेरै खर्च लाग्ने भएकाले गाउँ–गाउँमा यस्ता पिङ लोप हुँदै थालेको छ । ”

बेँसीशहर नगरपालिका–११ चिती रामचोक बेँसीकी सिर्जना श्रेष्ठले भने, “यहाँ १० वर्ष अघिसम्म रगटेपिङ खेल्नका लागि युवायुवतीको ठूलो भीड हुने गर्दथ्यो । पिङ खेल्नका लागि तछाडमछाड गर्नुपथ्र्योे, पालो पर्खदा पर्खदा घण्टौँ समय लागे पनि यहाँका युवायुवती रगटेपिङ खेल्ने गर्थे । त्यही पिङका लागिसमेत बेला बखत ठूलो झगडा हुन्थ्यो तर अहिले दसैँका बेलामा पिङ राख्ने ठाउँसुनसान भएकाले युवायुवती पनि देख्न छोडेको छ ।” 

गाउँ होस् या सहर  युवायुवतीले यस्तो परम्परागत संस्कृतिको पिङ खेल्न चासो दिनुपर्ने यहाँको बुढापाकाले बताए यसैगरी अन्य परम्परा पनि लोप हुँदै जालाकी भन्ने  उनीहरूपमा चिन्ता थियो । रासस

प्रकाशित मिति: मंगलबार, असोज २६, २०७८  १५:१०
प्रतिक्रिया दिनुहोस्