नेभिगेशन
समाज

रुकुम पूर्वमा कृषि मेला सम्पन्न, १२३ जना किसान पुरस्कृत

रुकुम पूर्वमा बृहत जिल्लास्तरिय कृषि मेला प्रदर्शनी २०८० सम्पन्न भएको छ । जिल्लाको सिस्ने गाउँपालिका वडा नम्बर ६ छिप्रिदहमा पुस १५ र १६ गते बृहत जिल्ला स्तरीय कृषि मेला प्रर्दशनी सञ्चालन गरिएको हो ।

‘कृषि पर्यटन उद्योगमा विस्तार, समृद्ध रुकुम पूर्वको मुल आधार’ भन्ने नाराका साथ जिल्लामा दुई दिने बृहत जिल्ला स्तरीय कृषि प्रदर्शनी मेला सञ्चालन गरिएको थियो ।

एकिकृत कृषि तथा पशुपन्छि विकास कार्यालय, सिस्ने गाउँपालिका, घरेलु तथा साना उद्योग कार्यालय, युनाइटेड मिसन टु नेपाल रुकुम पूर्व कलष्टर, मिक नेपालको संयुक्त आयोजनमा जिल्लामा कृषि मेला प्रदर्शनी २०८० सञ्चालन गरिएको हो ।

मेलामा जिल्लामा उत्पादन हुँदै आएको फलफूल बाली, खाद्यान्न, तेलहन, दलहन बाली, तरकारी, नगदे बाली, मसला बाली, मौरी, माछा पशुपन्छी र विभिन्न उद्योगका फलाम जन्य औजा र र अर्गानिक अल्लो बाट बनाइएका लत्ताकपडा लगायतको प्रर्दशन गरिएको छ ।

कृषि मेलामा प्रर्दशनको लागि ५ सय ७५ बढी कृषकले नाम दर्ताका साथै कृषि सामाग्री प्रदर्शन गरेका थिए । जसमा उत्कृष्ट १ सय २३ जना किसानलाई नगद र प्रमाणपत्रले पुरस्कृत गरिएको छ । कृषिका बिभिन्न बिधामा उत्कृष्ट ९ जना कृषक लाई प्रथम पुरस्कार ४ हजारसहित प्रमाणपत्र, ७ जना लाई द्धितिय पुरस्कार ३ हजार सहित प्रमाणपत्र, १२ जनालाई तृतिय पुरस्कार २ हजार सहित प्रमाणपत्र प्रदान गरिएको छ ।

साथै अन्य ९५ जनालाई सान्त्वना पुरस्कार १ हजार सहित प्रमाणपत्र वितरण गरिएको एकिकृत कृषि तथा पशुपक्षिं विकास कार्यालय कृषि अधिकृत थलराज बस्नेतले जानकारी दिनुभयो ।

उत्पादन हुदै आएका बिभिन्न बालीहरुको प्रदर्शनका साथै मेहनती किसान तथा उद्यमीहरुलाई सम्मान तथा हौसला प्रदान गर्ने उद्देश्यले कृषि मेलाको आयोजना गरिएको एकिकृत कृषि तथा पशुपन्छि विकास कार्यालय रुकुम पूर्वका कार्यालय प्रमुख पिताम्बर बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाका ३ वटै पालीकाका किसानहरुले आफूले उत्पादन गरेका कृषि सामाग्री प्रदर्शनका लागि ल्याईएको बताइएको छ । 

46d48f9c-f79e-4ead-a83b-869bc8661d241704121776.jpeg

सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीको अध्यक्षता रहेको कृषि मेला समापन तथा उत्कृष्ट कृषक सम्मान कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका कृषि तथा भूमि व्यवस्था मन्त्री भण्डारीलाल अहिरको  प्रमुख आतिथ्यता रहेको थियो भने जिल्ला समन्वय समितीका प्रमुख मेघ बहादुर श्रेष्ठको विशेष आतिथ्यता रहेको थियो ।

त्यस्तै कार्यक्रममा जिल्ला समन्वय समितीका उपप्रमुख मोहन बहादुर केसी, भूमे गाउँ पालिका अध्यक्ष होम प्रकाश श्रेष्ठ , प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्मा जिल्लाका विभिन्न राजनितीक दलका प्रमुख तथा प्रतिनिधि जिल्लास्थित सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख एवम् प्रतिनिधीहरुको पनि  आतिथ्यता रहेको कार्यक्रमको संचालन कृषि अधिकृत थलराज बस्नेतले गर्नु भएको थियो ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज