आठबीसकोटकी क्यान्सरपीडित युवतीको उपचारको क्रममा मृत्यु

मंगलबार, पुस १७, २०८०

रुकुम पश्चिम । रुकुम पश्चिमकी एक क्यान्सर पीडित युवतीको मृत्यु भएको छ ।

जिल्लाको आठबीसकोट नगरपालिका वडा नम्बर ९ गिजा निवासी  ध्रुव शाहकी १९ बर्षिया छोरी हेमन्ता शाह (गंगा) को आज मंगलबार बिहान मृत्यु भएको हो ।

मृतक शाहको पारिवारीक श्रोतका अनुसार हेमन्ताको उपचार सुशील कोइराला क्यान्सर अस्पताल बाँकेमा भईरहेको थियो । उपचारकै क्रममा उहाँको मृत्यु भएको हो ।

हेमन्तालाई दुई बर्ष पहिला ब्लड क्यान्सर भएको थियो । उहाँ त्यसयता नियमित रूपमा उपचारमा हुनुहुन्थ्यो ।

प्रवीणता प्रमाणपत्र तह उतिर्ण शाहको घरमा बुवा, आमा, दिदी र दाइ हुनुहुन्छ । 

प्रकाशित मिति: मंगलबार, पुस १७, २०८०  १०:२६
प्रतिक्रिया दिनुहोस्