Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

व्यक्तिगत खर्चमा सडक मर्मत

बुधबार, पुस १८, २०८०
tribeni2

रुकुम पश्चिम । रुकुम पश्चिमको चौरजहारी नगरपालिका १ र २ जोड्ने बसपार्क माथिको सडक मर्मत गरिएको छ । उक्त क्षेत्रको उकालो भागमा पिसिसी गरिएको सडक मर्मत नहुँदा दुर्घटनाको जोखिम बढेको थियो । 

जिल्लाको त्रिवेणी गाउँपालिका वडा नम्वर ७ मुरु घर भई हाल शीतल माध्यमिक विद्यालय चौरजहारीमा कार्यरत प्राविधिक धारतर्फका शिक्षक शिखर पुन मगरले आफ्नो व्यक्तिगत खर्चमा उक्त सडक मर्मत गर्नुभएको हो । 

करिब ५० मिटर सडकमा भएका खाल्डाखुल्डी र उप्किएका तारहरु मर्मत गरिएको हो । शिखरले सिमेन्ट, गिठ्ठी र बालुका प्रयोग गरेर चार जना कामदार लगाएर सडक मर्मत गरिएको जानकारी दिनुभयो । सडक मर्मतमा स्थानीयवासी र नेपाल प्रहरीको टोलीले समेत सहयोग गरेको उहाँले जनाउनुभयो । 

उक्त सडक बिग्रदा पटक पटक ससाना दुर्घटनाहरु भईरहेका थिए भने ठुलो दुर्घटनाको जोखिम बढिरहेको थियो । यस क्षेत्रमा थप क्षति नहोस् भन्ने मनसायका साथ आफ्नै खर्चमा सडक मर्मत गर्न अघि सरेको शिखरको भनाई छ ।

20240102_0926291704249056.jpg

मुरु कन्ट्रक्सनका सञ्चालक समेत रहनुभएका शिखरले आफू प्राविधिक क्षेत्रको मान्छे भएको र उकालोमा बिग्रेको बाटोले दुर्घटनाको जोखिम निम्त्याईरहेकोले मर्मतमा अग्रसर भएको उल्लेख गर्नुभयो ।

अन्य स्थानमा पनि यस्ता जोखिमपूर्ण सडक मर्मतमा साथ तथा सहयोग गर्न तयार रहेको उहाँले बताउनुभयो । आफ्नो घर तथा टोलमा बिग्रेका संरचनाहरु सरकारकै मुख ताकेर बस्नुभन्दा स्थानीयवासीहरु मिलेर पनि सुधार गर्न सकिने शिखरको बुझाई रहेको छ । 

लामो समयदेखि बिग्रेको सडक मर्मतमा जिम्मेवार तथा सरकारी निकायले वेवास्ता गरेपछि व्यक्तिगत रुपमा मर्मत गरिएको भन्दै स्थानीयले शिखरलाई धन्यबाद व्यक्त गरेका छन् । 

प्रकाशित मिति: बुधबार, पुस १८, २०८०  ०८:०९
प्रतिक्रिया दिनुहोस्