प्रधानाध्यापक परियारको मस्तिष्कघातको कारण मृत्यु

शुक्रबार, पुस २०, २०८०

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका -११ स्थित शिव माध्यमिक विद्यालय काफलबोटका प्रधानाध्यापक सुकलाल परियारको मृत्यु भएको छ । 

जिल्लाको सानीभेरी गाउँपालिका ९ मगरराङजा निवासी ३७ वर्षिय परियारको मस्तिष्कघातको कारण मृत्यु भएको बताईएको छ । पारिवारीक श्रोतले दिएको जानकारी अनुसार उपचारको लागि नेपालगञ्ज लिईएका उहाँको बिहिबार मृत्यु भएको हो । 

प्रधानाध्यापक परियार गत कात्तिक महिनामा रोल्पाबाट सरुवा भएर सानीभेरी गाउँपालिकामा आउनुभएको थियो । उहाँले २०७६ सालमा प्राथमिक तहमा स्थायी शिक्षकमा नाम निकालेर रोल्पाका कार्यरत हुनुहुन्थ्यो । 

त्यसअघि मुसिकोट नगरपालिका -२ मा रहेको महाकाली माध्यमिक समिबोटमा राहत कोटामा कार्यरत हुनुहुन्थ्यो । उहाँ मिलनसार, बहुमुखी प्रतिभाका धनी, क्षमतावान शिक्षकका रुपमा चिनिनुहुन्थ्यो । उहाँका दुई छोरा र एक छोरी हुनुहुन्छ ।

प्रकाशित मिति: शुक्रबार, पुस २०, २०८०  १७:१४
प्रतिक्रिया दिनुहोस्