Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

त्रिवेणीका १०७ जना भूमिहिनलाई लाभग्राही निस्सा वितरण

आइतबार, पुस २२, २०८०
tribeni2

रुकुम पश्चिम । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा रहेका भूमिहिनलाई लाभग्राही निस्सा वितरण गरिएको छ । 

राष्ट्रिय भूमि आयोग रुकुम पश्चिम र त्रिवेणी गाउँपालिकाको समन्वयमा त्रिवेणी गाउँपालिकाभरका भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई लाभग्राही निस्ससा वितरण गरिएको हो । 

त्रिवेणी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रेमबहादुर घर्तीका अनुसार गाउँपालिकाका १०७ जना भूमिहिन तथा अव्यवस्थित बसोबारीलाई निस्सा वितरण गरिएको हो । 

निस्सा वितरण कार्यक्रम त्रिवेणी गाउँपालिका अध्यक्ष तथा स्थानीय सहजिकरण समिति संयोजक गणेश कुमार केसीको अध्यक्षता र राष्ट्रिय भूमि आयोग रुकुम पश्चिमका अध्यक्ष मीन बहादुर ओलिको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा भुमि आयोग रुकुम पश्चिमका विज्ञ सदस्य सुशील बिष्ट, गाउँपालिका उपाध्यक्ष राजकुमारी रेउले, प्रमुख प्रशासकीय अधिकृत प्रेम बहादुर घर्ती, १० वटै वडाका वडाध्यक्ष तथा राजनीति दलका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो।

f416a315-fda1-492a-8808-b70792992aee1704622629.jpeg

प्रकाशित मिति: आइतबार, पुस २२, २०८०  १६:००
प्रतिक्रिया दिनुहोस्