आठबीसकोटमा रुखबाट लडेर एक जनाको मृत्यु

आइतबार, पुस २२, २०८०

रुकुम पश्चिम । रुकुम पश्चिममा रुखबाट लडेर एक पुरुषको मृत्यु भएको छ । 

जिल्लाको आठबीसकोट नगरपालिका -१४ पिपलचौरका ४९ वर्षिय रामलाल जैसीको मृत्यु भएको हो । 

स्थानीय बसन्त चन्दका अनुसार आईतबार दिउँसो घर नजिकैको कोटमाराको रुखमा घाँस काट्न गएका जैसी लडेर अवस्था गम्भिर भएपछि आठबीसकोट नगर अस्पताल लगिएको थियो । 

उपचारका लागि अस्पताल लगिएका जैसीलाई डाक्टरले मृत घोषणा गरेको चन्दले जनाउनुभयो । 

प्रकाशित मिति: आइतबार, पुस २२, २०८०  १७:५३
प्रतिक्रिया दिनुहोस्