Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पूर्वमा ३६६ मिटर लामो झोलुङगे पुल निर्माण

सोमबार, पुस २३, २०८०
tribeni2

रुकुम पूर्वको भूमे गाउँपालिकामा ३६६.९० मिटर लम्बाई र ११० टन क्षमता भएको झोलुङगे पुल निर्माण भएको छ । 

भूमे गाउँपालिका वडा नम्वर ४ साकिम देखि वडा नम्वर ५ को डालिबाङ जोड्ने लामो झोलुंगे पुलको आईतबार भूमे गाउँपालिका अध्यक्ष होम प्रकाश श्रेष्ठले उद्घाटन गर्नु भएको छ । 

सहरी विकास मन्त्रालय मातहतको स्थानीय पूर्वाधार विभाग भित्रको सस्पेन्सन व्रिज डिभिजन सिस्मिरे पुलको निर्माण श्री मुक्तिनाथ एम.पि. कन्ट्रसन जे.भि. कम्पनीले पुल निर्माण गरेको हो।

निर्माण व्यवसायी मोहन आचार्यका अनुसार दुई करोड १९ लाखको लागतमा पुल निर्माण भएको हो । पुल निर्माण पश्चात सस्पेन्सन व्रिज डिभिजनका ईन्जिनियर प्रवेश रेग्मी सहितको प्राविधिक टोलीले पुलमने अन्तिम जाँच गरेको थियो । त्यसपश्चात पुलको उद्घाटन गरिएको हो । 

पुल उद्घाटन पश्चात गाउँपालिका अध्यक्ष श्रेष्ठले पुल निर्माणले साकिम, सेराबाङ, डालिबाङ लगायतका गाउँवासीलाई सहज हुने बताउनुभयो । उहाँले पुल निकै लामो र धेरै उचाईमा भएकाले पर्यटकिय दृष्टिले समेत महत्वपूर्ण भएको उल्लेख गर्नुभयो । पुलको क्षेत्र वरीपरी थप पूर्वाधारको निर्माण र सुरक्षात्मक तरिकाले घेराबार गरेपछि पर्यटकीय दृष्टिकोणको पनि प्रचुर सम्भावना रहेको उहाँको भनाई छ ।

साकिम गाउँबाट डालिबाङ पुग्न पैदल डेढ घण्टा लाग्ने बाटो पुल निर्माण भएपछि १५ मिनेटमै पुगिने स्थानीयको भनाई छ । यो झोलुङगे पुल सम्भवतः लुम्बिनी र कर्णाली प्रदेशकै लामो रहेको बताईएको छ । यो पुल २०७९ बाट निर्माण सुरु गरिएको थियो । 

प्रकाशित मिति: सोमबार, पुस २३, २०८०  १५:१५
प्रतिक्रिया दिनुहोस्