Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

चिसोले भूकम्पपीडितको जनजीवन कष्टकर भएको भन्दै अनेरास्ववियूद्वारा प्रशासनको ध्यानाकर्षण

सोमबार, पुस २३, २०८०
tribeni2

रुकुम पश्चिम । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) रुकुम पश्चिमले जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिममा ध्यानाकर्षण पत्र बुझाएको छ । 

जिल्ला अध्यक्ष रमेश मल्लको नेतृत्वमा गएको एक टोलीले निमित्त प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवाललाई पाँच बुँदे ध्यानाकर्षण पत्र बुझाएको हो । 

गत कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पले घरबासबिहिन भएका सर्वसाधारणहरु चिसोबाट थप प्रभावित भएको र जनजीवन कष्टकर भएको भन्दै प्रशासनको ध्यानाकर्षण गराएको अनेरास्ववियूका जिल्ला अध्यक्ष मल्ले बताउनुभयो । 

दुई महिना अघि जाजरकोट जिल्लाको रामिडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पले प्रभावित क्षेत्रमा अस्थायी आवास निर्माणको काम सुस्त भएको उहाँको भनाई छ । भूकम्प प्रभावितको जीवन रक्षा र दीर्घकालीन पुनर्निर्माणमा सरकारको ध्यान केन्द्रित गर्न प्रमुख जिल्ला अधिकारी मार्फत सरकारको ध्याकर्षण गराईएको मल्लले बताउनुभयो । 

ध्यानाकर्षण पत्रमा अस्थायी आवास निर्माणको काम तिब्र बनाउन माग गरिएको छ भने अस्थायी आवास निर्माणको लागि सरकारले दिने अनुदानको पहिलो किस्ता बितरणमा ढिलाई नगर्न अनुरोध गरिएको छ । 

त्यसैगरी भूकम्प प्रभावित क्षेत्रका विभिन्न बस्तीमा तत्काल भूगोलविद् मार्फत भौगोलिक अवस्थाको निरीक्षण तथा अनुगमन गरिनुपर्ने, दीर्घकालीन पुनर्निर्माण तथा स्थायी आवास निर्माणका लागि सरकारी मापदण्ड र कार्यबिधि लागू गरिनुपर्ने, भूकम्प प्रभावित क्षेत्रका विद्यालय र विद्यार्थी लक्षित कार्यक्रम तथा स्थानान्तरण, रोजगारी र अल्पकालीन लघु कार्यक्रम सञ्चालन गर्न सरकार समक्ष माग गरिएको छ । 

ध्यानाकर्षण पत्रमा भूकम्पले रुकुम पश्चिममा ५३ जनाले ज्यान गुमाउनु परेको, गुमाए,  दुई सय भन्दा बढी घाइते भएको र ३० हजार बढी घरहरूमा क्षति पुगेको स्मरण गराईएको छ । 

2c0ef3cf-57a7-48bd-9094-98dfedc91c1e1704708932.jpeg

प्रकाशित मिति: सोमबार, पुस २३, २०८०  १५:५४
प्रतिक्रिया दिनुहोस्