Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

राष्ट्रव्यापी निबन्ध प्रतियोगितामा शीतल माविका सुरज 'प्रथम'

सोमबार, पुस २३, २०८०
tribeni2

रुकुम पश्चिमको चौरजहारी नगरपालिका -२ मा रहेको श्री शीतल माध्यमिक विद्यालयको कक्षा १२ मा अध्ययनरत छात्र सुरज वली राष्ट्रव्यापी निबन्ध प्रतियोगितामा प्रथम हुनुभएको हो । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत वैदेशिक वैदेशिक रोजगार बोर्ड सचिवालयद्वारा आयोजित राष्ट्रव्यापी निबन्ध प्रतियोगितामा वलीले प्रथम स्थान हाँसिल गर्नुभएको हो । 

बोर्डको सचिवालयले निकालेको प्रतियोगिताको नतिजा सम्बन्धिको एक सूचना अनुसार ‘सुरक्षित वैदेशिक रोजगार’ बिषयमा भएको विद्यालय स्तरिय राष्ट्रव्यापी निबन्ध प्रतियोगितामा वली प्रथम हुनुभएको हो ।

बोर्डका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेतीका अनुसार उक्त प्रतियोगितामा सुनसरीको विश्व आदर्श माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत छात्रा ओजस्वी कटवाल द्वितीय हुनुभएको छ भने काभ्रेको काभ्रे माध्यमिक विद्यालय बनेपा ६, बुडोलमा कक्षा ९ मा अध्ययनरत छात्र आरोग्य पराजुलीले तृतीय स्थान प्राप्त गर्नुभएको छ । 

बोर्डले अन्तर्राष्ट्रिय श्रमिक दिवस, २०२३ को अवसरमा उक्त प्रतियोगिता आयोजना गरेको थियो । गत मंसिर महिनाको ११ गते राष्ट्रिय दैनिक पत्रिका, बोर्डको सचिवालयको वेभसाईट र सामाजिक सञ्जाल मार्फत प्रतियोगिताको सूचना प्रकाशन गरिएको थियो । 

सूचना पश्चात ईमेलमा प्राप्त १०७ निबन्ध मध्य वली, कटवाल र पराजुलीले क्रमश प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्नुभएको हो । विज्ञहरुको मूल्यांकनको आधारमा उक्त नजिता निकालिएको हो । 

स्थान ल्याउन सफल प्रतियोगिहरुलाई पुरस्कार र प्रमाणपत्र उपलब्ध गराईने बोर्डले उल्लेख गरेको छ । 

प्रकाशित मिति: सोमबार, पुस २३, २०८०  १९:२०
प्रतिक्रिया दिनुहोस्