Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot
दशैमा दुर्दशा

मुगु बस दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या २८ पुग्यो

घाइते १५ जनालाई उपचार गर्न नेपालगञ्ज लगियो
tribeni2

सुर्खेत / मुगुमा बस दुर्घटना मृत्यु हुनेको संख्या २८ पुगेको छ ।

२२ जनाको घटनास्थलमै र ६ जनाको उद्धार गरी ताल्चा विमानस्थल पुर्‍याउने क्रम्मा मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक जीवन लामिछानेले जानकारी दिए ।

सुर्खेतबाट मुगुको सदरमुकाम गमगढीतर्फ गएको भे १ ख ३१६७ नम्बरको बस छायाँनाथ रारा नगरपालिका–७, पिना झ्यारीखोलामा दुर्घटनामा परेको थियो । ३९ जना यात्रु रहेको बस दिउँसो २ बजेतिर दुर्घटनामा परेको हो । उद्दारको काम भइरहेको र शव पनि संकलन भइरहेको प्रहरीले जनाएको छ ।

नेपाल आर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय वासिन्दा उद्वारमा खटिएका छन् । मृतकको शव जिल्ला अस्पताल मुगुमा लगिएको छ । उनीहरुको सनाखत गरेपछि पोस्टमार्टम गरिने प्रहरीले जनाएको छ ।

घाइते भएका १५ जनालाई उपचारका लागि नेपालगञ्ज लगियो


बस दुर्घटनाका घाइते १५ जनालाई उपचारका लागि नेपालगञ्ज लगिएको छ । धेरै घाइते गम्भीर अवस्थाका छन् ।

उनीहरुको कोहलपुर मेडिकल कलेज, भेरी अस्पतालमा उपचार सुरु भएको छ । एक जना घाइतेको भने मुगु अस्पतालमै उपचार भइरहेको छ ।

उनीहरुलाई समिट र सेनाको हेलिकोप्टरबाट नेपालगञ्ज लगिएको हो ।

प्रकाशित मिति: मंगलबार, असोज २६, २०७८  १७:१०
प्रतिक्रिया दिनुहोस्