सानीभेरीको रनिङ शिल्ड ज्ञानोदयको हातमा

सोमबार, पुस २३, २०८०

रुकुम पश्चिम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा सञ्चालित पाँचौं  राष्ट्रपति रनिङ शिल्डको उपाधी राप्ती ज्ञानोदय माध्यमिक विद्यालय सिम्लीले हात पारेको छ ।

गत पुस १९ गते देखि बेल्टापु रङशाला खेलमैदानमा भएको विभिन्न खेल बिधाहरुमा सबैभन्दा बढी पदक प्राप्त गरि ज्ञानोदय माविले शिल्ड जितेको हो हो । उसले ११ स्वर्ण, ४ रजत र ३ कांस्य गरी जम्मा १८ पदक जितेको हो । 

पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी १३ विद्यालयहरु मध्ये  ज्ञानोदय माविले प्रथम स्थान हासिल गरेको छ भने द्वितिय स्थान जनप्रिय माध्यमिक विद्यालय हाँसिबाङ र तृतीय स्थान सुर्योदय माध्यमिक विद्यालय बेल्टापुले हाँसिल गरेको छ ।

४ स्वर्ण, ४ रजत र १ कांस्य गरी ९ पदक प्राप्त गरेर जनप्रिय माध्यमिक विद्यालय हाँसिबाङ दोस्रो भएको हो भने ३ स्वर्ण, ५ रजत र ८ कांस्य गरी १६ पदक जितेर सूर्योदय माध्यमिक विद्यालय बेल्टापु तेस्रो भएको छ । त्यसैगरी ३ स्वर्ण प्राप्त गर्दै नेपाल राष्ट्रिय माध्यमिक विद्यालय घापागारले सान्त्वना स्थान प्राप्त गरेको छ ।

b5978870-d37b-435d-9dd8-01a0426aa87f1704724900.jpeg

विद्यार्थीहरूले भलिबल, सट फुट, ज्याभलिङ थ्रो, छोटो तथा लामो दुरी एक सय मिटर देखि ३ हजार मिटर सम्मको दौड, लङ्ग जम्प, त्रिपल जम्प, रिले दौड र हाई जम्प लगायतका प्रतियोगितामा प्रतिस्पर्धा गरेका थिए । गत बर्षकाे शिल्ड पनि राप्ती ज्ञानाेदय मावि सिम्लीले नै लिएको थियाे । यस पटक लगातार दुई पटक जितेकाे छ । अर्को वर्ष जिते स्वत शिल्ड कव्जा गरि गाउँपालिकाले नयाँ शिल्ड किन्नु पर्ने हुन्छ ।

गाउँपालिका उपाध्यक्ष कमला रोका पुनको अध्यक्षयतामा भएको समापन कार्यक्रममा सामाजिक विकास संयोजक शेरबहादुर खड्काको प्रमुख आतिथ्यता रहेको थियो । स्रोत व्यक्ति शसिराम बिक, अमर चन्द विभिन्न विद्यालयका विव्यस अध्यक्ष तथा प्रभानाध्यापकहरु, शिक्षक तथा अभिभावक लगाएत विद्यार्थीहरुको सहभागी रहेको समापन कार्यक्रमको सञ्चालन शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख भुपालसिं विष्टले गर्नुभएको थियो । बिजेताहरुलाई स्टेशनरी प्रमाणपत्र  र मेडल दिईएको छ ।

प्रकाशित मिति: सोमबार, पुस २३, २०८०  २०:१२
प्रतिक्रिया दिनुहोस्