Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

कुमाख ४ मा जेष्ठ नागरिकलाई सम्मानसँगै अपांगता भएका र भूकम्प प्रभावितलाई न्यानो कपडा वितरण

सोमबार, पुस २३, २०८०
tribeni2

सल्यान । सल्यानको कुमाख गाउँपालिका वडा नम्बर ४ मा जेष्ठ नागरिकहरुलाई सम्मान तथा न्यानो कपडा वितरण गरिएको छ । वडा कार्यालयले जेष्ठ नागरिकलाई सम्मान तथा न्यानो कपडा वितरण गर्नुका साथै अपांगता भएका व्यक्ति र भूकम्प प्रभावित परिवरहरुलाई न्यानो कपडा वितरण गरेको हो । 

वडा अध्यक्ष शोभिलाल बस्नेतका अनुसार आर्थिक वर्ष ०८०/८१ को  लक्षित वर्गको कार्यक्रम अन्तर्गत ८० बर्ष माथीका  जेष्ठ  नागरिकहरुलाई सम्मान तथा  न्यानो कपडा  बितरण गरिएको हो ।

यसका साथै वडाका ग र घ बर्गका अपांगता भएका व्यक्तिहरुलाई र भूकम्प प्रभावित परिवारहरुलाई न्यानो कपडा वितरण गरिएको छ । 

वडा अध्यक्ष बस्नेतले ३६ जना जेष्ठ नागरिकलाई सम्मान र न्यानो कपडा वितरण गरिएको जानकारी दिनुभयो । यसका साथै ३० जना अपांगता भएका व्यक्तिहरु र २० जना अस्थायी टहरामा बस्न थालेका भूकम्पपीडितहरुलाई न्यानो कपडा उपलब्ध गराईएको हो ।

 वडामा अस्थायी टहरा बनाएका  ब्यक्तिहरु लाई  चिसोबाट  बच्नाको लागि वडाको बिपद् तथा  राहत उद्धार कोषबाट वडा कार्यसमितिको निर्णय अनुसार  म्याट तथा न्यानो कपडा  बितरण गरिएको हो ।    

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष मान बहादुर  बुढाथोकी, वडा अध्यक्ष  बस्नेत, वडासचिव  लगातको उपस्थिति रहेको थियो । 

प्रकाशित मिति: सोमबार, पुस २३, २०८०  २०:४५
प्रतिक्रिया दिनुहोस्