Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सोटेनद्वारा रुकुमका भूकम्प पीडितलाई राहत सहयोग 

मंगलबार, पुस २४, २०८०
tribeni2

रुकुम पश्चिम । रुकुम पश्चिमका भूकम्प पीडित परिवारहरुको लागि सोसाइटि अफ ट्रान्सपोर्ट इन्जिनियर्स नेपाल (सोटेन) ले राहत उपलब्ध गराएको छ । 

सोटेनले जिल्ला प्रशासन कार्यालय मार्फत पीडित परिवार समक्ष पुग्ने गरेर न्यानो कपडा हस्तान्तरण गरेको हो । संस्थामा आवद्ध सदस्यहरुबाट संकलन भएको रकमले राहत सामग्री उपलब्ध बनाएको सोटेनका अध्यक्ष पदमबहादुर शाहीले जानकारी दिनुभयो ।

उहाँका अनुसार भूकम्पपीडितलाई जाडो समयमा थोरै भएपनि राहत होस् भनेर ३० वटा ब्लाङ्केट हस्तान्तरण गरिएको हो। ३० थान ब्लाङ्केट प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तलाई जिल्ला प्रशासन कार्यालमै पुगेर हस्तान्तरण गरिएको शाहीले बताउनुभयो। 

संस्थाका आजिवन सदस्य तथा चौरजहारी सडक डिभिजन कार्यालयका प्रमुख तेजस्वी शर्माको सहजिकरणमा जिल्ला प्रशासन कार्यालयलाई राहत सामग्री हस्तान्तरण गरिएको हो । राहत सामाग्रीहरु ३० हजार बराबरका रहेका छन् ।

सोटेनले उपलब्ध गराएका राहत सामाग्री भूकम्प प्रभावित परिवारलाई उपलब्ध गराईने प्रमुख जिल्ला अधिकारी पन्तले जानकारी दिनुभएको छ । 

प्रकाशित मिति: मंगलबार, पुस २४, २०८०  १६:५१
प्रतिक्रिया दिनुहोस्