Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

बलात्कार मुद्धामा फरार रहेका रुकुमका एक व्यक्ति १० वर्षपछि पक्राउ

बिहीबार, पुस २६, २०८०
tribeni2

रुकुम पूर्व । बलात्कार मुद्धामा दोषि ठहर भएका रुकुम पूर्वका एक व्यक्ति १० बर्षपछि पक्राउ परेका छन् । 

जिल्लाको सिस्ने गाउँपालिका ८ निवासी ३४ वर्षिय नबिन भनिने गोपाल केसीलाई जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले पक्राउ गरेको हो । 

जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सूचना अधिकारी प्रहरी निरीक्षक गणेश पाण्डेका अनुसार केसीलाई बुधबार ललितपुर महानगरपालिका १२ लगनखेलबाट प्रक्राउ गरिएको हो । 

केसी बिरुद्ध रुकुम जिल्ला अदालतले २०७० साल माघ २१ गते जबरजस्ती करणी सम्बन्धी करणी मुद्धामा १२ वर्ष कैद र एक लाख क्षतिपूर्ति भराउने फैसला गरेको थियो । 

त्यसयता फरार रहेका केसीलाई पक्राउ गरेर बिहिबार रुकुमकोट जिल्ला अदालतमा पेश गरिएको हो । अदालतको आदेश अनुसार कैद भुक्तानको लागि केसीलाई रुकुम पश्चिमस्थित कारागार कार्यालयमा चलान गरिएको छ । 

प्रहरी निरीक्षक पाण्डेले फैसला कार्यान्वयनको क्रममा अदालतबाट दोषि ठहर भएका विभिन्न व्यक्तिहरुको खोजी भईरहेको जानकारी दिनुभयो । 

418592077_924836125827535_9179781038001370567_n1704982646.jpg

प्रकाशित मिति: बिहीबार, पुस २६, २०८०  १९:३६
प्रतिक्रिया दिनुहोस्