Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

चौरजहारीमा रहेको रेडियो आफनो एफ.एम. आठौं वर्ष प्रवेश 

शुक्रबार, पुस २७, २०८०
tribeni2

रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा  रहेको सामुदायिक रेडियो आफनो एफ.एम. ९० थोप्लो ४ मेगाहर्ज सातौ बर्ष पुराग री आठौँ वर्षमा प्रवेश गरेको छ । 

चौरजहारी सामुदायिक विकास केन्द्र र मानव विकास तथा सामुदायिक सेवाद्धारा संचालित सामुदायिक रेडियो आफनो एफ.एम. आजबाट सातौ वर्ष पुरा गरी आठौं वर्षमा प्रवेश गरेको हो ।

419386734_6825420834223803_5039441110436114229_n1705038370.jpg

रेडियोले वार्षिक उत्सवको अवसमा रुकुम पश्चिमको चौरजहारी अस्पतालमा रहेका बिरामीहरूलाई फलफुल वितरण गरेको स्टेशन मेनेजर गोपाल रेग्मीले जानकारी दिनुभयो । 

एब सय वाट क्षमता रहेको रेडियो आफनो एफ.एम.को प्रसारण ईन्टरनेट र हाम्रो पात्रो मार्फत समेत प्रशारण हुने गरेको छ । 

संसारभर रेडियोको प्रसारण पहुँच रहेको यस रेडियोले बिशेष गरेर स्वास्थ्य, शिक्षा, अपांगता भएका व्यक्तिहरुका सवाल लगायत सामुदायिक बिषयवस्तुमा आधारित कार्यक्रमहरु उत्पादन र प्रशारण गर्ने गरेको छ । 

419443774_6825421040890449_2406894784084424927_n1705038379.jpg

प्रकाशित मिति: शुक्रबार, पुस २७, २०८०  ११:२८
प्रतिक्रिया दिनुहोस्