Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सानीभेरीमा सुत्केरी गाईभैसीको लागि प्रोत्साहन भत्ता वितरण

मासु र दुधमा अनुदान
शुक्रबार, पुस २७, २०८०
tribeni2

रुकुम पश्चिम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले सुत्केरी गाईभैसीको लागि प्रोत्साहन भत्ता उपलब्ध गराएको छ । गाँउपालिकाले ५१२ वटा गाईभैँसीको लागि सुत्केरी प्रोत्साहन भत्ता भुक्तानी गरेको हो । 

पशुपालन व्यवसायमा लागेका किसानहरुलाई उत्प्रेरणा दिन र सुत्केरी गाईभैसीलाई पौष्टिक आहारको व्यवस्था गर्न प्रोत्साहन भत्ताको व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष बिर्खबहादुर बिष्टले जानकारी दिनुभयो । पशुपालन मार्फत आर्थिक समृद्धि हाँसिल गर्न सकिने भएकोले किसानहरुलाई व्यवसायिक रुपमा लाग्न सहयोग गरेको अध्यक्ष बिष्टको भनाई छ । 

गाउँपालिकाका पशु विकास शाखा प्रमुख भुपेन्द्र पुनले एक वर्षको अवधिमा प्रोत्सान भत्ता दिन बाँकि सबै किसानलाई तीन हजार रुपियाँको दरले भत्ता दिईएको बताउनुभयो । सुत्केरी गाईभैँसीलाई पौष्टिक आहार सहयोग स्वरूप उक्त सहयोग गरिएको हो । गाउँपालिका क्षेत्रभित्रका ४७८ जना किसानका  ५१२ वटा सुत्केरी भएका गाईभैँसीलाई सुत्केरी भत्ता भुक्तानी गरेको पुनले जानकारी दिनुभयो ।

गाउँपालिकाले सुत्केरी गाईभैँसीलाई भत्ता स्वरूप एक वर्षमा १५ लाख ३६ हजार रुपियाँ पशुधनीको खातामा जम्मा गरेको हो । यस भत्ताले किसानले सुत्केरी पशुलाई पौष्टिक आहार र खाद्यान्न किनेर खुवाउनुपर्ने हुन्छ । 

मासु र दुधमा अनुदान

यसैगरी सानीभेरी गाउँपालिकाले मासु उत्पादन र दुध उत्पादनका लागि अनुदान रकम पनि भुक्तानी गरेको छ । एक वर्षमा १७३ जना किसानलाई मासु उत्पादन र तीन जना किसानलाई दुध उत्पादनका लागि अनुदान उपलब्ध गराईएको हो ।

मासु उत्पादनका लागि २५ हजार ४३६ किलो मासुको प्रतिकिलो ५० रुपियाँका दरले १२ लाख ७१ हजार आठ सय रुपियाँ अनुदान दिईएको छ । त्यसैगरी दुध उत्पादनका लागि गाउँपालिकाका तीन जना किसानलाई तीन हजार ४८६ लिटरमा १७ हजार ४३० रुपियाँ अनुदान दिएको छ ।

गत वर्ष पनि गाउँपालिकाले उत्पादनमा आधारित अनुदान वितरण गरेको बताईन्छ । 

प्रकाशित मिति: शुक्रबार, पुस २७, २०८०  १३:३८
प्रतिक्रिया दिनुहोस्