Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

मुगु बस दुर्घटना अपडेट : उपचारका लागि नेपालगञ्ज पुर्‍याईएका चार जनाको मृत्यु, मृतकको संख्या ३२ पुग्यो

tribeni2

सुर्खेत / मुगुमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३२ पुगेको छ।

२२ जनाको घटनास्थलमै, ६ जनाको उद्धार गरी ताल्चा विमानस्थल पुर्‍याउने क्रममा र नेपालगञ्‍ज पुर्‍याएका थप ४ जनाको मृत्‍यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक जीवन लामिछानेले जानकारी दिनुभयो ।

उहाँका अनुसार दुर्घटना गम्भीर घाइते भएका चारजना उपचारका क्रममा बाँकेको नेपालगन्ज मृत्यु भएपछि मृतकको संख्या ३२ पुगेको हो । उपचारको लागि पठाइएका १५ जना घाइते मध्ये चार जनाको मृत्यु भएको उहाँले बताउनुभयो ।

नेपालगञ्जबाट सुर्खेत हुदै मुगुको सदरमुकाम गमगढीतर्फ गएको भे १ ख ३१६७ नम्बरको बस छायाँनाथ रारा नगरपालिका–७, पिना झ्यारीखोलामा दुर्घटनामा परेको थियो । ३९ जना यात्रु रहेको बस दिउँसो २ बजेतिर दुर्घटनामा परेको हो ।

प्रकाशित मिति: मंगलबार, असोज २६, २०७८  १८:१०
प्रतिक्रिया दिनुहोस्