Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

स्वास्थ्यकर्मीहरुलाई गुमाई तथा शोक व्यवस्थापन तालिम 

शुक्रबार, पुस २७, २०८०
tribeni2

रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाका स्वास्थ्यकर्मीहरुको लागि गुमाई तथा शोक व्यवस्थापन सम्बन्धी तालिम दिईएको छ । 

सि.बि.एम ग्लोबलको आर्थिक सहयोग, सानीभेरी गाउँपालिका स्वास्थ्य तथा सामाजिक विकास शाखाको आयोजना र मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र सी.एम.सी नेपाल अन्र्तगत जाजरकोट भुकम्प प्रतिकार्य परियोजनाले स्वास्थ्यकर्मीहरुलाई दुई दिने तालिम दिएको हो । 

सी.एम.सी नेपालका मनोसामाजिक मनोपरामर्शकर्ता डिलबहादुर शाहीका अनुसार मनका शोक सम्बन्धी रहेका अनुभवहरुलाई आदानप्रदान गरी व्यवस्थापन गर्न सहज भएको महशुस गराउने र शोक महशुस गरीरहेका व्यक्तीहरुलाई मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोग दिने तरिकाका बारेमा जानकारी दिने उद्धेश्यका साथ तालिम सञ्चालन गरिएको हो ।  

बिहिबार सुरु भएर शुक्रबार समापन भएको उक्त तालिममा नौ जना पुरुष र १२ जना महिला गरेर २१ जना स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो । 
तालिममा गुमाई तथा शोकको अर्थ र अवधारणा, शोकको गम्भीरता र जटिलतालाइ प्रभाव पार्ने तत्वहरु, शोकको चरणहरु वा तह, शोकको कारण पर्ने प्रभाव र प्रतिकृयाहरु, व्यस्थापनका उपायहरु, शोकका बारेका भ्रमहरु, शोकको सामना तथा स्विकार गर्ने तरीकाहरु, स्व हेरचाह लगायतका बिषयमा सहजिकरण गरिएको थियो । 

तालिमको सहजिकरण सी.एम.सी नेपालका मनोसामाजिक मनोपरामर्शकताद्वय गगन बहादुर ओली र कमला पौडेलले गर्नुभएको थियो ।  

प्रकाशित मिति: शुक्रबार, पुस २७, २०८०  २०:००
प्रतिक्रिया दिनुहोस्