Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

पुथा उत्तरगंगाको १७ औँ अधिवेशन सम्पन्न 

आफ्नै पहिचान र चिनारी सहितको लोगो सार्वजनिक 
शुक्रबार, पुस २७, २०८०
tribeni2

रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको १७ औँ अधिवेशन सम्पन्न भएको छ । 

गाउँपालिका अध्यक्ष पुनिराज घर्तीको अध्यक्षतामा भएको १७ औं अधिवेशन  शुक्रबार सम्पन्न भएको गाउँपालिका प्रवक्ता टिकासाई घर्ती जानकारी दिनुभयो  ।

१७ औँ अधिवेशनमा लेखा समितिले आर्थिक वर्ष ०७४/०७५  देखि ०७८/०७९ सम्मको बेरुजुको तथ्यांक प्रस्तुत गरिएको थियो । लेखा समितिका संयोजक जानू छन्त्यालले प्रस्तुत गर्नुभएको तथ्यांक अनुसार आर्थिक वर्ष ०७४/०७५ देखि ०७८/०७९ सम्मको जम्मा  बेरुजु  ३८ करोड ८३ लाख आठ हजार रुपियाँ रहेको छ ।

415382227_887365852830188_3512951873624736042_n1705074172.jpg

लेखा समितिले अवस्था र सम्परीक्षण गर्न सकिने सैद्धान्तिक बेरुजु मध्य सात करोड ४३ लाख ५८ हजार १०६ रुपियाँ ९२ पैसा गाउँसभाबाट अनुमोदन गरि उक्त प्रस्ताव सम्परीक्षणका लागि महालेखा परिक्षकको कार्यालयमा पठाउने जनाएको छ । 

यसैगरी अधिवेशनबाट गाउँपालिकाको आफ्नै पहिचान र चिनारी सहितको लोगो पनि सार्वजनिक गर्ने निर्णय गरिएको  छ । सार्वजनिक लोगो सभा अध्यक्ष मार्फत प्रमाणीकरण भए पश्चात् सार्वजनिक गर्ने गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत समीर गिरीले जानकारी दिनुभयो ।

415268943_2120969878269286_5606554568210471312_n1705074174.jpg

प्रकाशित मिति: शुक्रबार, पुस २७, २०८०  २१:२४
प्रतिक्रिया दिनुहोस्