Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

चर्किएका घरभित्र बस्न थाले भूकम्प पीडितहरू

शनिबार, पुस २८, २०८०
tribeni2

जाजरकोट । भूकम्प पछि घरमा क्षति पुगेपछि त्रिपालमुनि बसेका नागरिकहरू चिसो बढ्दै जाँदा चर्किएकै घर भित्र फर्कन थालेका छन् । भूकम्पले घरमा क्षति पुगेपछि र केही समय त्रिपालमा बसेका जाजरकोटको जुनी चाँदे ५ गर्खाकोटका ताराप्रसाद खड्काकोे परिवार जोखिम मोलेरै चर्किएकै घर भित्र बस्न थालेका छन् ।  सरकारले अस्थायी आवासका लागि दिने भनेको रकम समयमै नपाउँदा आफूले  अस्थायी आवास बनाउन नसकेको खड्काको गुनासो रहेको छ ।

त्यस्तै जुनी चाँदे गाउँपालिका ५ गर्खाकोटकि एक महिने सुत्केरी हिरादेवी शाहीको परिवारले पनि अहिले सम्म पहिलो किस्ताकै रकम पाउन सकेको छैन । रकम नपाउँदा अस्थायी आवास बनाउन नसकेका  । शाहीको परिवार  जोखिम मोलेरै चर्किएको घरमा बस्न थालेको छ । 

यी दुई भूकम्प पीडित प्रतिनिधि पात्र जस्तै  जस्तै यहाँका करिब १४ हजार परिवारले अहिले सम्म अस्थायी आवासको पहिलो किस्ता पाउन सकेका छैनन् । पहिलो किस्ता पाएकाले पनि टहरा बनाउन सकेका छैनन् । अहिले सम्म करिब १० हजारले मात्र अस्थायी आवास बनाएको सरकारी तथ्याङ्क छ । 

जाजरकोटका सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्माले हाल सम्म  ९ हजार ६ सय ३८ परिवारले  अस्थायी आवास बनाएको तथ्याङ्क रहेको बताउनु भयो । जिल्लामा  ३५ हजार १ सय ४० लाभग्राही कायम भएका सहायक प्रजिअ शर्माको भनाई रहेको छ ।  

बैक खाता खोल्नु पर्ने, देशका अन्य ठाउँमा घर नभएको स्वघोषणा, प्रहरी मुचुल्का, घर भत्काउनु पर्ने लगायतका प्रक्रियागत झन्झटका कारण धेरै भूकम्प पीडितले अहिले सम्म सरकारले दिने भनेको पहिलो किस्ताकै अनुदान रकम पाउन सकेका छैनन् । 

स्थानीय सरकारको ढिलासुस्ती र उदासीनताले गर्दा भूकम्प पीडितको व्यवस्थापनमा ढिलाइ भएको उनको आरोप छ । पहिलो किस्ताको रकम सबै पालिकाको खातामा गएर थन्किएको छ तर पीडित परिवारलाई निकासा गर्न विलम्ब भइरहेको छ । - गोरखापत्र

प्रकाशित मिति: शनिबार, पुस २८, २०८०  १५:३५
प्रतिक्रिया दिनुहोस्