Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

मुसिकोटको कृषि मेला प्रदर्शनीमा २४ किसान पुरस्कृत

शनिबार, पुस २८, २०८०
tribeni2

शनिबार रुकुम पश्चिमको जिल्ला सदरमुकाम मुसिकोटमा कृषि मेला प्रदर्शनी कार्यक्रम सम्पन्न भएको छ । 

कृषि विकास कार्यालय र मुसिकोट नगरपालिका कृषि शाखाको संयुक्त आयोजनामा मुसीकोट नगरपालिका १ बाल मन्दिरमा भएको कृषि मेला प्रदर्शनीमा २४ जना किसानलाई पुरस्कृत गरिएको छ । नगरपालिकास्तरिय कृषि मेलामा कृषि उपज प्रदर्शनी गर्ने उत्कृष्ट किसानलाई पुरस्कृत गरिएको हो । 

कृषि विकास कार्यालयका निमित्त प्रमुख मिन बहादुर केसीका अनुसार मेलामा नगरपालिकाका क्षेत्रका दुई सय किसानको सहभागिता रहेको थियो भने प्रदर्शनीमा राखिएका कृषि उपजलाई मूल्याङकन गरी २४ जना किसानलाई पुरस्कृत गरिएको छ ।  

विभिन्न ६ वटा विधामा रहेर कृषि उपजको मूल्यांकन गरिएको हो । निमित्त प्रमुख केसीले तरकारी बाली समूहतर्फ वडा नम्बर १३ का तुलवीर खत्री प्रथम, वडा नम्बर ४ का अमरबहादुर घर्ती द्वितिय, वडा नम्बर ३ का नारायण खड्का तृतीय र वडा नम्बर ५ की कौशिला पाण्डे केसीले सान्त्वना स्थान प्राप्त गरेको बताउनुभयो । 

फलफूल बाली समूहतर्फ वडा नम्वर २ को फेडरल इन्भेस्टमेन्ट प्रा.लि. प्रथम, वडा नम्बर ५ का देवराम देवकोटा द्वितिय, वडा नम्वर ८ का लोकेन्द्र ओली तृतीय र वडा नम्वर ४ का दलबहादुर बोहरा सान्त्वना हुनुभएको छ ।

418466348_362393123153242_8178603674923822801_n1705150916.jpg

दलहन तथा तेलहन बाली समूहतर्फ वडा नम्बर १३ का दीपक रोकाय प्रथम, वडा नम्बर १ की सुमित्रा महतारा द्वितिय, वडा नम्बर ८ का दिलबहादुर गिरी तृतीय र वडा नम्वर २ का मोहनलाल खत्री सान्त्वना हुनुभएको छ । विविध तथा रैथाने बाली समूहतर्फ वडा नम्बर १ का रकवीर बोहरा प्रथम, वडा नम्बर १ कै कमला खड्का द्वितिय, वडा नम्बर ७ का वीरबहादुर घर्ती तृतीय र वडा नम्बर ३ की नन्दकला डाँगी सान्त्वना भएको कार्यालयले जनाएको छ ।

प्रदर्शनीमा खाद्यान्न बाली समूहतर्फ वडा नम्बर ३ का सोविराम खत्री प्रथम, वडा नम्बर ७ का भिमप्रकाश पाण्डे द्वितिय, वडा नम्बर १३ का ज्ञानबहादुर ओली तृतीय र वडा नम्बर १ का कालीबहादुर महतारा सान्त्वना हुनुभएको छ भने मसला तथा नगदे बाली समूहतर्फ वडा नम्बर १४ की भिमा ओली प्रथम, वडा नम्बर ८ का वासुदेव बुढा द्वितिय, वडा नम्बर ४ का खड्कबहादुर रेउले तृतीय र वडा नम्बर ५ का ओमप्रकाश केसी सान्त्वना हुनुभएको छ । 

पुरस्कृत किसानहरुलाई समान रूपमा नगद पुरस्कार दिईएको निमित्त प्रमुख केसीले जनाउनुभयो । उहाँका अनुसार प्रथमलाई दुई हजार, द्वितियलाई एक हजार पाँच सय, तृतीयलाई एक हजार र सान्त्वनालाई सात सय रुपियाँ पुरस्कार प्रदान गरिएको हो ।

मेलामा सहभागी भएका अन्य १६ जना किसानहरुलाई समेत १६ जना किसानलाई पाँच/पाँच सय रुपियाँ यातायात खर्च दिइएको थियो । 

418494675_362393689819852_4126505175111200784_n1705150919.jpg

प्रकाशित मिति: शनिबार, पुस २८, २०८०  १८:३६
प्रतिक्रिया दिनुहोस्